8 years ago
July 7, 2017
बार्सिलोना (एजेन्सी)– अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सी टिम स्पोर्टस् (समूहगत खेल) को इतिहासमै सबैभन्दा बढी रकम पाउने खेलाडी भएको बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले दाबी गरेका छन् । मेस्सीले यसै सातामात्र क्लबसँग चार बर्षे सम्झौतामा हस्ताक्षर गरेका थिए ।
पछिल्लो समरमा मेस्सीले बार्सिलोनाको नयाँ सम्झौताको प्रस्तावलाई अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो । कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि निराश मेस्सीले कर छलीको आरोप पनि खेप्नु परेपछि उनी बार्सिलोनामा थप बस्न नचाहेको बताइएको थियो ।
त्यसैक्रममा मेस्सी बार्सिलोनासँगको यात्रा टुंगाउँदै नयाँ चुनौतिका लागि तयार रहेको हल्ला फिंजिएको थियो। तर, बार्सिलोनका अध्यक्ष बार्टोमेउ र क्लबका अन्य अफिसियलले भने पाँच पटकका बालोर डी ओर विजेता मेस्सी क्लबप्रति प्रतिबद्ध रहेको बताउँदै आएका थिए ।
‘नयाँ सम्झौताको प्रक्रिया निकै महिना अघि बाट सुरु भएको थियो । हामी जति बेला मेस्सीका बाबु जोर्जसँग छलफलमा बसेका थियौं,’ उनले भने,‘ सबैलाई थाहा छ पछिल्लो बर्ष मेस्सीका लागि सुखद रहेन । उनी समस्याबाट गुज्रिएका थिए ।’
अध्यक्ष बार्टोमेउले मेस्सीको अवस्थाबारे राम्रो जानकारी भएकैले केही समय धर्य गरेर छलफल अघि बढाउन चाहेको प्रष्ट पार्दै भने,‘ मैले जर्जलाई अब पुरानो सम्झौताको समय सकिन कम समय रहेको (बार्सिलोनासँगको मेस्सीको पछिल्लो सम्झौता सन् २०१८ सम्म थियो ) ले नयाँ सम्झौताको छलफल अघि बढाएको थिए ।’
नयाँ सम्झौताका विषयमा जर्जसँग कुरा गर्दा उनले छोरासँग कुरा गर्न भनेको अध्यक्ष बार्टोमेउले स्मरण गरे । ‘ केही नराम्रो भइरहेको छ भन्ने क्लबले बुझेरै मैले मेस्सीसँग उनको अवस्थाका बारेमा सोधे ,’ उनले अगाडि थपे,‘ त्यसपछि मैले उनको भविष्यका विषयमा क्लबले छलफल गर्न चाहेको बताए । मेस्सीले मलाई जवाफमा भने आफु क्लबमा रहन चाहेको र त्यसका लागि बाबुसँग कुरा गर्न भने ।’
मेस्सीका बारेमा मलाई सञ्चारकर्मीले प्रश्न गर्दा आफुले जहिले पनि राम्रै भइरहेको जानकारी दिएको उल्लेख गर्दै बार्टोमेउले भने,‘ हामीले उनलाई सम्झाउनु पर्ने केही थिएन । उनी क्लब छोडेर जान्छन् भन्ने हामीले कहिलै सोचेनौं । हामी उनका बाबुसँग छलफलमा न लामो न त छोटो समय वितायौं । छलफल एकदम सहज भयो । जर्ज कहिले रोजरिओ त कहिले बार्सिलोना बस्ने भएकाले हामीले कतिपय विषय टेलिफोनमा गर्न सक्ने अवस्थामा थिएनौं।’
मेस्सीले नयाँ सम्झौता अनुसार साताको ५ लाख ६५ हजार युरो क्लबका प्राप्त गर्ने सञ्चारमाध्यमले जनाएका थिए । यद्दपी बार्टोमेउले मेस्सीलाई दिइने रकम उल्लेख गर्न अस्वीकार गरे । तर उनले विश्वका कुनै पनि फुटबलरले मेस्सीको भन्दा बढी पारिश्रमिक नपाउने दाबी गरे ।
‘मेस्सीले कति कमाउछन् भन्ने हामी सार्वजनिक गर्न सक्दैनौं । तर विश्वकै उत्कृष्ट खेलाडीले विश्व फुटबल इतिहासमै सबै भन्दा बढी कमाई गर्छन्,’ अध्यक्षले दाबी गरे,‘ समूहगत खेलमा उनी सबैभन्दा बढी रकम प्राप्त गर्ने खेलाडी हुन् । बार्सिलोनाले उनलाई जति पारिश्रमिक दिन्छ त्यती कुनै पनि क्लबले आफ्ना कुनै पनि खेलाडीलाई दिदैन ।’
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]