8 years ago
July 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको युवा टोली आज राजधानी आइपुग्दैछ । एएफसी यु २३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका नेपाल र बंगलादेशले मंगलबार सातदोबाटोस्थित मैदानमा मैत्रीपूर्ण खेल हुनेछ ।
बंगलादेशको टोली दिउँसो १२ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने एन्फाले जनाएको छ । संयुक्त अरब इमिरेट्समा (युएई) हुने यु २३ च्याम्पियनसिप छनोटको समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल असार ३१ गते खेल्नेछ।
आयोजक युएईसँगै नेपालको समूहमा उज्बेकिस्तान र लेबनान रहेका छन्। नेपालले पहिलो खेलमा आयोजक राष्ट्र युएईसँग खेल्दैछ भने साउन २ गते हुने दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्नेछ। समूहको अन्तिम खेलमा नेपालले साउन ४ गते लेबनानको सामना गर्नेछ।
बंगलादेश समूह ‘इ’मा जोर्डन, ताजिकिस्तान र प्यालेस्टाइनसँग रहेको छ। बंगलादेशले पहिलो खेल साउन ४ गते खेल्नेछ। बंगलादेशको सबै खेल प्यालेस्टाइनमा खेलिनेछ। नेपाली टोली असार २९ गते युएईतर्फ प्रस्थान गर्नेछ।टोलीका प्रशिक्षकमा राजु काजी शाक्य, सहायक प्रशिक्षक प्रकास अर्याल र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्र रहेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]