8 years ago
July 9, 2017
सुबास हुमागाईं
काठमाडौं – नेपाली युवा फुटबलका प्रशिक्षक राजुकाजी शाक्यले मंगलबार बंगलादेशसँग हुने मैत्रीपूर्ण खेल चुनौतीपूर्ण हुने भएपनि एएफसी यू २३ च्याम्प्यिनसिपलाई लक्ष्य गरेर तयारी भइरहेको बताएका छन् । सातदोबाटो एन्फा एकेडेमीको क्रृतिम घाँसे मैदानमा टोलीलाई प्रशिक्षण दिइरहेका शाक्यले भने,‘ खेल जुन सुकै भएपनि त्यो चुनौतीपूर्ण नै हुन्छ । तर हाम्रो मुख्य लक्ष्य भनेको संयुक्त अरब इमिरेट्स (युएइ) मा हुने छनोट चरणमा राम्रो प्रदर्शन गर्नु नै हो । ’
बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलको नतिजाले टोलीको मनोबलमा फरक पर्दैन भन्ने अर्को प्रश्नको जवाफमा शाक्यको जवाफ थियो,‘मनोबलमा फरक त पर्छ नी । हार्यो भने त्यसले मनोबल घट्न सक्छ । तर हामीले त्यो खेललाई तयारीकै रुपमा र कमजोरी सुधार्ने मौकाका रुपमा लिएका छौं । नतिजा जे भएपनि मनोबल उच्च पारेर युएई यात्रामा जानुपर्दछ । मैले खेलाडीहरुलाई त्यहि कुरा बारम्बार भन्दै आएको छु ।’
यू २३ छनोटको तयारीमै रहेको बंगलादेशको युवा टोली मंगलबारको खेलका लागि आइतबार राजधानी आइसकेको छ । युएइमा हुने च्याम्पियनसिप छनोटको समूह ‘डी’ मा रहेको नेपालले असार २९ गते त्यस्ते तर्फ प्रस्थान गर्नेछ । नेपालले पहिलो खेल आयोजक युइएसँग ३१ गते खेल्नेछ । नेपालले साउन २ गते उज्वेकिस्तान र त्यसको दुई दिनपछि समूह चरणको अन्तिम खेलमा लेबनानको सामना गर्नेछ ।
बंगलादेश समूह ‘इ’मा जोर्डन, ताजिकिस्तान र आयोजक प्यालेस्टाइनसँग रहेको छ । बंगलादेशले पहिलो खेल साउन ४ गते खेल्नेछ । यता नेपाली टोली असार २९ गते युएईतर्फ प्रस्थान गर्नेछ। युएइ यात्राका लागि आजै खेलाडीको अन्तिम छनोट भएको छ। उनले खेलाडी छनोटमा खासै कठिनाई नभएको सुनाए ।
उनले भने,‘खासै गाह्रो भएन । हामीसँग च्वाइस पनि धेरै थिएन । धेरै खेलाडी प्रशिक्षणमा सामेल भएको भए सायद छनोटमा केही कठिन हुन सक्थ्यो । तर त्यस्तो भएन । ’ एन्फाले बोलाएका ४० मध्ये २८ खेलाडी मात्र प्रशिक्षणमा सामेल भएका थिए । तयारी कस्तो छ टोलीको भन्नेमा शाक्यले यसो भने, ‘हामी आफु आफु खेल्दा त ठिकै देखिएको छ । खास कस्तो भइरहेको छ भन्ने बंगलादेशसँगको खेलसँग पछिले मात्र थाहा हुनेछ । ’
शाक्यले अहिले टोलीमा रहेको समस्यामा ध्यान दिइरहेको बताए । उनले थपे ‘ मैले खेलाडीलाई यहाँकै शैलीले खेलेर मात्र हुँदैन युएइमा सहभागी टोलीलाई हेरेर हामीले खेल्नुपर्छ भनेको छु । अझै पनि हामीसँग केही दिन बाँकी छ, केही समस्या देखिदा अझै सुधार गर्ने कोशिस गर्नेछौं । ’ बंगलादेशको युवा टोलीका खेल युटुबमा हेरे अध्ययन गरेको उल्लेख गर्दै प्रशिक्षक शाक्यले भने, ‘बंगलादेश पनि राम्रो टोली हो ।’
अहिले प्रशिक्षणमा रहेको खेलाडीमा केही प्रतिस्पर्धा भावनाको कमी रहेको हुन सक्ने शाक्यले अनुमान लगाए । ‘कतिलाई लागेको होला म यसै परि हाल्छु । केहीलाई लाग्ला म पर्दिन ’ उनले भने, ‘तर खेलाडीले त्यसरी सोच्नु हुन्न, यहाँ आएपछि अन्तिम समय सम्म पनि आफ्नो क्षमता अनुसारको प्रदर्शनको लागि प्रयास गर्नुपर्दछ ।’शाक्यको प्रशिक्षण टोलीको सहायक प्रशिक्षकमा प्रकाश आर्याल र गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्र छन् । टोलीको व्यवस्थापकमा एन्फा सहायक महासचिव सञ्जिव मिश्र छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]