default_image

8 years ago

July 15, 2017

युएईविरुद्ध विमलको कप्तानीमा सुरुवाती ११को घोषणा

220 views

0 Bookmark

काठमाडौँ (हाम्री खेलकुद) – एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा नेपालले घरेलु टोली युएई को सामना गर्दैछ नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालको कप्तानी विमल घर्ति मगरले गर्नेछन्

प्रशिक्षक राजु काजी शाक्यले बंगलादेश विरुद्ध उत्रिएको टोलीबाट कुनै परिवर्तन गरेका छैनन् राष्ट्रिय टोलीका १० खेलाडी रहेकोमा ९ खेलाडीले सुरुवात गर्ने भएका छन्। लेफ्ट ब्याकमा अमित तामाङ खेल्दैछन् भने सेन्टर डिफेन्समा गौरब बुढाथोकी हुनेछन्। अनन्त तामाङ र दिनेश राजबंशीले गोलरक्षक एलेन न्यौपानेलाई साथ दिनेछन।

मिडफिल्डमा हेमन्त थापा मगर र हेमन गुरुङसँगै सुनिल बल र सुमन लामा हुन्छन। आक्रमणको जिम्मेवारी अन्जन बिष्ट र कप्तान विमलको जिम्मा हुनेछ।

सुरुवाती ११:

गोलरक्षक: एलन न्यौपाने

डिफेन्स: दिनेश राजवंशी – अनन्त तामाङ – गौरब बुढाथोकी –अमित तामाङ

मिडफिल्ड: सुमन लामा – हेमन गुरुङ– हेमन्त थापा मगर – सुनिल बल

फरवार्ड: बिमल घर्ती मगर – अन्जन बिष्ट

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.