8 years ago
July 16, 2017
एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले स्पेनिस राष्ट्रिय टोलीका गोलरक्षक डेविड डे हेयालाई भित्र्याउन अन्तिम प्रयास गर्ने भएको छ। म्यानचेस्चर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका गोलरक्षक डे हेयाले आफ्नो भविष्यबारे अन्तिम निर्णय लिएका छैनन्।
गत सिजन युनाइटेडले युरोपा लिग जित्दा विश्राम पाएका गोलरक्षक डे हेयाले सन् २०१५मा म्याड्रिड जाने लगभग पक्का भइसकेको थियो। तर, त्यसपछि म्याड्रिडले एसी मिलानका डोन्नारुम्मा र चेल्सीका कोर्टुवालाई भित्र्याउने प्रयास गरेपनि दुवैमा असफल भएपछि पुन: डे हेयातर्फनै आफ्नो ध्यान मोडेको छ। डोन्नारुम्माले मिलानमा नयाँ सम्झौता गरेका छन् भने कोर्टुवालाई चेल्सीले कुनै हालतमा नबेच्ने बताएको छ।
सन् २०१९सम्म युनाइटेडमा सम्झौता रहेका डे हेयालाई भित्र्याउन म्याड्रिले कम्तीमा पनि ५० मिलियन पाउण्ड खर्चिनु पर्नेछ। म्याड्रिडको पहिलो रोजाइका गोलरक्षक केलर नाभासले आशातीत प्रदर्शन गर्न नसकेकाले क्लबले नयाँ गोलरक्षक ल्याउन खोजिरहेको छ।
गत सिजन ४५ खेलमध्य १६ खेलमा क्लिनसिट राखेका डे हेयालाई म्याड्रिडले आफ्नो प्रथम विकल्पको रुपमा राखेको छ। सन् २०११मा एट्लेटिको म्याड्रिडबाट म्यानचेस्टर पुगेका डे हेयाले त्यसयता आफ्नो खेलमा निरन्तर सुधार गर्दै आएका छन्।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]