8 years ago
July 16, 2017
काठमाडौं(हाम्रो खेलकुद) – विद्यालय स्तरको कोका–कोला अन्तर बिद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता साउन ३ अर्थात मंगलबारबाट शुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा राष्ट्रिय खेलकुद परिषदको समन्वय र कोका–कोलाका उत्पादक बोटलर्स नेपाल लिमिटेडको प्रायोजकत्वमा यसवर्ष पनि फुटबल खेललाई नेपालमा पनि आधारभुत तह देखि नै बिकास गर्दै जाने उद्देश्य अनुरुप प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता वि.स. २०६२ सालदेखि निरन्तर हुदै आएको छ । प्रतियोगितामा यसपटक देशभरका १ सय २८ जिल्लाले सहभागिता जनाएका छन् ।
तीन चरणमा हुने प्रतियोगिताको उद्घाटन काठमाडौंमा हुनेछ । एन्फासँग आबद्ध ४५ जिल्लाका जिल्ला फुटबल संघको समन्वयमा र काठमाडौ र ललितपुरको काठमाडौ जिल्ला फुटबल संघको आयोजनामा गरी ४४ बिभिन्न जिल्लाहरुका खेल मैदानमा जिल्ला स्तरीय प्रतियोगिता संचालन हुनेछ ।
जिल्ला स्तरीय प्रतियोगिता संघ अन्तर्गत बिभिन्न ४४ जिल्लाहरुमा, दोश्रो चरण क्षेत्रीय स्तरीय प्रतियोगिता पूर्वाञ्चलको झापामा, मध्यमाञ्चलको भक्तपुर र रौतहटमा, पश्चिमाञ्चलको कास्कीमा, मध्यपश्चिमाञ्चल र सदुरर पश्चिमाञ्चलको बाँकेमा संचालन हुनेछ । काठमाडौं र ललितपुरबाट सिधै ४ वटा टिम पूर्वाञ्चलको झापाबाट बिजयी तथा उपबिजयी र तेस्रो स्थान हासिल गर्ने तीनवटा बिद्यालयका टिमहरु, मध्यमाञ्चलको भक्तपुर र रौतहटबाट एक–एक टिम पश्चिमाञ्चलको कास्कीबाट बिजयी र उपबिजयी दुई टिम र मध्य पश्चिमाञ्चाल तथा सुदुर पश्चिमाञ्चलको बाँकेबाट दुई टिम गरी अन्तिम चरणमा राष्ट्रिय स्तरको बिद्यालयकै नाममा १३ टिमहरुबीच काठमाडौंमा लिग कम नकआउटको आधारमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजयी छात्र र छात्रा टिमले समान तीन–तीन लाख प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने दुवै टिमले १ लाख तथा तेस्रो हुनेले ५० हजार रुपैया प्राप्त गर्ने एन्फाले जनाएको छ । यस्तै विधागत रुपमा उत्कृष्ट हुने पाँच विधाका खेलाडी तथा प्रशिक्षकले जनही पाँच–पाँच हजार प्राप्त गर्नेछन् । यस्तै एन्फाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीहरुलाई एन्फाले सञ्चालन गर्दै आएको एन्फा एकेडेमीमा उमेर अनुसार सहभागिता प्रदान गर्ने बताएको छ ।
प्रतियोगिताको जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट भै क्षेत्रिय प्रतियोगितामा सहभागी हुने टिमहरुलाई र क्षेत्रिय प्रतियोगिताबाट अन्तिम चरणमा सहभागी हुने काठमाडौं बाहिरबाट सहभागी हुने विद्यालयका टिमहरुलाई क्षेत्रिय प्रतियोगितामा सहभागी हुनका निम्ति यातायात खर्च बापत निश्चित रकम प्रदान तथा अन्तिम चरणलाई काठमाडौं आउने टिमका सम्पूर्ण खर्च एन्फाले बेहोर्नेछ ।
पहिलो चरण असार २३ गते देखि साउन १३ गतेसम्म चल्नेछ । दोस्रो चरण साउन २९ गतेदेखि भदौ ९ गतेसम्म र फाइनल चरण भदौ २३ गतेदखि असोज १ गतेसम्म काठमाडौंमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिव १ करोड १५ लाख खर्च हुने अनुमान एन्फाले गरेको छ । प्रतियोगितालाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट २० लाख प्रायोजक बोटलर्स नेपालबाट ५० लाख उपलब्ध गराएको छ । बाँकी रकम आयोजक एन्फाले परिपुर्ति गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]