8 years ago
July 17, 2017
क्यालिफोर्निया (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोलाई क्लबमा पुनः भित्राउने विषयमा कहिल्यै नसोचिएको म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले बताएका छन् । रियल म्याड्रिडका स्टार रोनाल्डो १४ मिलियन युरो कर छलिको आरोपमा मुछिएपछि उनले क्लब छाड्न चाहेको बताइएको थियो ।
रियल छोडेमा रोनाल्डो युनाइडेट जान सक्ने आंकलन गरिएको थियो । तर, ५४ बर्षे प्रशिक्षक माउरिन्होले रोनाल्डोको सरुवालाई मिसन इम्पोसिबलको सज्ञा दिदै त्यसर्फ कहिल्यै नसोचिएको बताए ।
‘हामीले त्यो विषयमा कहिल्यै सोचेनौं किनकी उनी क्लबका एकदमै महत्वपूर्ण खेलाडी हुन् । रोनाल्डोले त्यस्तो क्लब छोड्छन् भन्ने विषयमा हामीले कुनै एउटा कारण पनि देखेनौं’ प्रि सिजनका लागि अमेरिका यात्रामा रहेको युनाइटेडले एलए ग्यालेक्सीलाई हिजो ५–२ ले हराएपछि माउरिन्होले भने, ‘असम्भव नै लाग्ने योजनामा हामीले समय खर्चने कुरै आउँदैन ।’
माउरिन्होले रियलका अर्का खेलाडी अल्भारो मोराटालाई क्लबमा ल्याउने विषयमा अझै ढोका बन्द नभइसकेको पनि बताएका छन् । तर, रियलले सम्झौताको लागि कुनै तत्परता नदेखाएको उनको गुनासो थियो ।
‘यो फ्लोरेन्टिनोका लागि प्रश्न हो । उनी रियलका खेलाडी हुन् । यो विषयमा सम्झौता गर्ने नगर्ने क्लबले निर्णय लिनुपर्दछ ,’ रियलका पूर्व प्रशिक्षक समेत रहेका माउरिन्होले भने, ‘मसँग हुँदा उनी पहिलो टिममा पर्ने खेलाडी हुन् । उनी जस्तो विशेष खेलाडी हुन् । युभेन्ट्स र रियलमा मैले उनको खेल हेरेको छु । हाम्रा लागि उनको सम्भवना अझै सकिएको छैन ।’
मोराटालाई लिने चर्चाका बीच युनाइटेडले एभर्टनबाट रोमेलु लुकाकुलाई भित्राइसकेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]