8 years ago
July 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सडक तथा असहाय बालबालिकाको निम्ति अर्को वर्ष रसियामा आयोजना हुने विश्वकप फुटबल अर्थात ‘स्ट्रिट चाइल्ड वर्ल्डकप–२०१८ फ्युचर डिपेन्डस् अन यु’ मा नेपालले भाग लिने पक्का भएको छ । रसियामा अर्काे वर्ष आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिता भन्दा ठीक एक महिना अघि सडक बालबालिकाका लागि यो प्रतियोगिता हुने कार्यक्रम रहेको छ।
चाइल्ड युनाइटेडले आयोजना गर्ने ‘स्ट्रिट चाइल्ड वल्डकप–२०१८ फ्युचर डिपेन्डस् अन यु’ नेपालको सहभागिता निश्चित भएको विगत पाँच वर्षदेखि अनाथ, असहाय तथा सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएका सेल्टर आश्रय नेपालले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गरायो । सन् २०१८ मे १८ देखि २७ सम्म आयोजना हुने विश्वकपमा २२ देशका १२–१२ पुरष र महिलाको टिमको सहभागिता रहने छ । नेपालले पुरुषतर्फ मात्रै सहभागिता जनाउन लागेको हो ।
विश्वकपमा पुरुषतर्फ १४ देखि १६ तथा महिलातर्फ १४ देखि १७ वर्षको उमेर तोकिएको छ । विश्वकपमा नेपालको सहभागिताका लागि सेल्टर आश्रयमा रहेका बालबालिका तथा सडक बालबालिकाकै क्षेत्रमा काम गरिरहेका विभिन्न संघ सस्ंथाका बालबालिका बीच छिट्टै राष्ट्रिय लिग गराउने तयारी गरिरहेको सेल्टर आश्रयका अध्यक्ष खुश्बु ओलीले जानकारी गराईन् । लिगमा खेलाडीले गरेको प्रदर्शनका आधारमा २२ खेलाडीलाई अन्तिम प्रशिक्षण दिने र त्यसैबाट ९ खेलाडी छानिने अध्यक्ष ओलीले जानकारी गराई्न । खेल सेभेन ‘ए’ साइडमा फुटसलको नियममा हुनेछ ।
यस्तै नेपालको अनाथ, असहाय तथा सडक बालबालिकाले विश्वकपमा सहभागिता जनाउने खबर पाएपछि पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले फनरुट्स फुटबल एकेडेमी जापानमार्फत सेल्टर आश्रय नेपाललाई खेल सामग्री हस्तान्तरण गरेको छ । सहयोग सामग्री फनरुट्स फुटबल एकेडेमीका प्रमुख जुन हिरानोमार्फत सोमबारै सेल्टर आश्रय नेपाललाई हस्तान्तरण गरिएको छ । फनरुट्सले ३० जोर फुटबल किट र १० थान फुटबल सहयोग गरेको हो । गौचन उक्त एकेडेमीका प्रशिक्षक पनि हुन्।
यस्तै कार्यक्रममा बोल्दै पुवै राष्ट्रिय खेलाडी बसन्त गौचनले निकट भविष्यमा पोखरामा एकेडेमी खोल्ने लक्ष्य रहेको बताए । ‘मैले जापानमा गएर जे जति गरिरहेको छु । त्यो सब नेपालकै फुटबलकै लागि हो ।’ गौचनले भने, ‘नेपाली खेलाडीहरुमा पनि जापानको जे लिग खेल्ने क्षमता छ । त्यसको लागि राष्ट्रिय खेलाडीहरुलाई जे लिगमा लैजाने प्रयासमा छु ।’
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]