8 years ago
July 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’मा रहेको नेपालले आफ्नो दोश्रो खेल उज्वेकिस्तानविरुद्ध खेल्दैछ। पहिलो खेलमा घरेलु टोलीसँग हार व्येहोरेको नेपाललाई प्रतियोगिताको अन्तिम चरणमामा छनोट हुनका लागि जित आवश्यक छ।
प्रशिक्षक राजु काजी शाक्यले युएईविरुद्धको टोलीबाट ३ खेलाडी परिवर्तन गरेर उज्वेकिस्तानविरुद्धको खेलको लागि आफ्नो सुरुवाती ११को घोषणा गरिसकेका छन्। उक्त खेलमा भएका केहि कमजोरी सुधार्न टोलीले नेपाली टोलीले आइतबार प्रशिक्षण पनि गरिसकेको छ। नेपाली टोलीलेपहिलो खेलमा ५-०ले पराजित भएको थियो।
टोलीमा गोलरक्षकको भूमिका एलन न्यौपानेले निभाउने छन् भने डिफेन्सको सेन्टर जिम्मेवारी अनन्त तामाङ र गौरब बुढाथोकीले सम्हाल्नेछन्। युएईविरुद्ध खराब प्रदर्शन गरेका अमित तामाङको स्थानमा कमल श्रेष्ठले लेफ्ट डिफेन्समा खेल्नेछन् भने दिनेश राजवंशी राइट ब्याक पोजिसनमा तैनाथ छन्। पछिल्लो खेलमा फितलो प्रदर्शन गरेका सेन्टर मिडफिल्डर हेमन्त थापा मगरको स्थानमा पुजन उपरकोटीले सुरुवात गर्दैछन्। पुजनले पछिल्लो खेलमा वैकल्पिक खेलाडीका रुपमा आएर सन्तोषजनक प्रदर्शन गरेका थिए। उनलाई साथ दिन हेमन गुरुङ मिडफिल्डमा रहनेछन्।
विङ्गरको भूमिकामा सुमन लामा र विश्वास श्रेष्ठ रहेका छन्। पछिल्लो खेलमा सुनिल बलले सोचेअनुरुप प्रदर्शन गर्न नसकेपछि विश्वासलाई टोलीमा ल्याइएको हो। टोलीमा रहेका दुवै विङ्गर छिटो र छरितो छन् र कुनैपनि समय गोलरक्षकको लागि कठिनाई उत्पन्न गर्न सक्छन। सुनिलका तुलनामा विश्वास डिफेन्सिभ रुपमा पनि बलिया देखिन्छन्।
आक्रमणमा जिम्मेवारी फेरी पनि कप्तान विमल घर्ती मगर र अन्जन बिष्ट सम्हाल्नेछन्। अनुभवको आधारमा नेपालको सबैभन्दा बलियो पाटो आक्रमण नै हो। राष्ट्रिय टोलीमा समेत निरन्तर पहिलो रोजाईमा परिरहेका यी दुई खेलाडीले पाएको अवसर चुकाउनु नेपालको लागि घातक सावित हुनेछ। अन्जन केहि तल झरेर सपोर्टिङ स्ट्राइकरको भूमिकामा देखिनेछन् भने कप्तान विमल मुख्य स्ट्राइकर रहने अपेक्षा गरिएको छ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]