8 years ago
July 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका यू२३ टोलीका फरवार्ड अन्जन बिष्ट लेबनान विरुद्ध बुधबार हुने खेलमा अनुपस्थित रहने भएका छन्। पहिलो दुइ खेलमा सुरुवाती रोजाईमा परेका अन्जन को अनुपस्थितिले लेबनानविरुद्धको खेलमा नेपाली टोलीलाई केहि कठिन हुने पक्का छ।
अन्जनले समूह चरणका प्रथम दुई खेलमा पहेंलो कार्ड पाएका कारण प्रतिबन्धमा परेका हुन्। प्रतियोगिताको नियमावली अनुसार समूह चरणका खेलहरुमा २ पहेंलो कार्ड खाने खेलाडीले त्यसपछिको खेल खेल्न पाउनेछैन।
अन्जनले पहिलो युएईविरुद्धको पहिलो खेलमा ८२औं मिनेटमा कार्ड खाएका थिए भने उज्वेकिस्तानविरुद्धको खेलमा ७८औं मिनेटमा फल हानेपछि कार्ड खाएका थिए। उनले दुवै खेलमा पुरा समय मैदानमा बिताएका थिए।
अन्जनको अनुपस्थितिसँगै अन्तिम खेलमा प्रशिक्षक राजु काजी शाक्यले संजोग राइ अथवा सुनिल बललाई सुरुवाती रोजाईमा उतार्ने सम्भावना रहेको छ। नेपाली टोलीले बुधबार लेबनानको सामना गर्दैछ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]