default_image

8 years ago

July 18, 2017

सन्दिपलाई लगातार म्यान अफ द म्याच

128 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोटको एसिया क्षेत्र अन्तर्गत नेपालले २ खेल खेलिसकेको छ। नेपालले पहिलो खेलमा अयोजक राष्ट्र सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्यो।

नेपालले दुवै खेलमा टस जितेर पहिलो फिल्डिङ रोजेको थियो। कप्तान सन्दिप लामिछानेले दुवै खेलमा ५ विकेट लिंदै विपक्षी टोलीका ब्याट्सम्यानहरुलाई सस्तैमा पेभेलियन पठाएका थिए। दुवै खेलमा सन्दिपले विपक्षी टोलीका कप्तानहरुका विकेट लिएका थिए।

सन्दिपले सिंगापुरविरुद्धको पहिलो खेलमा ८ ओभर बलिङ गर्दै २ मेडनसहित २१ रन खर्चेर ५ विकेट लिएका थिए। दोश्रो खेलमा उनले मलेसियाविरुद्ध ८.५ ओभर बलिङ गर्दै १ मेडन सहित १७ रन खर्चेर ५ विकेट नै लिए। उनि हाल प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा शीर्ष स्थानमा रहेका छन्।

सन्दिपले दुवै खेलमा म्यान अफ द म्याचको उपाधि पनि जिते। उनको यस प्रदर्शनले नेपाली टोली कमजोर ब्याटिङको शिकार भने भएको छैन। सानो लक्ष्य पछ्याईरहेको टोली ब्याटिङमा भने एकदम खराब प्रदर्शन गरिरहेको छ। नेपालले अर्को खेल बिहिबार अफागनिस्तानसँग खेल्दैछ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.