8 years ago
July 19, 2017
एजेन्सी – पोर्चुगलका राष्ट्रिय टोलीका कप्तान एवं रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो चौथो सन्तानका पिता बन्ने पक्का भएको छ। आफ्नी नयाँ प्रेमिका जिओर्जिना रोड्रीग्वेज गर्भवती भएको र रोनाल्डो चौथो सन्तानको पिता बन्न लागेका हुन्।
केहि साताअघि मात्र सरोगेट आमाबाट जुम्ल्याहा जन्माएका रोनाल्डोको ७ वर्षका छोरा पनि छन्। पोर्चुगिज वेबसाइत ला ओट्रा क्रोनिकासंग बोल्दै रोनाल्डोले आफु हर्षित रहेको बताए। यद्दपी ३ सन्तानको पिता भएपनि उनले बालबच्चाको स्याहार सुसार गर्ने कार्यमा भने आफु अझै पोख्त नरहेको खुलासा गरे।
हाल रोनाल्डो आफ्नो भर्खरै जन्मेका जुम्ल्याहा सन्तानसँग बिदामा रहेका छन्। उनले आफ्ना सन्तानलाई आफ्नो जिन्दगिकै नयाँ मायाहरु नाम दिंदै फेसबुक पोष्ट पनि गरेका थिए।
कन्फेडेरेसन कपमा पोर्चुगल सेमिफाइनलमा पराजित भएसँगै बिदा लिएका रोनाल्डो रियल म्याड्रिडको प्रि सिजनमा उपलब्ध हुने छैनन्।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]