default_image

8 years ago

July 19, 2017

स्पेनिस क्लब इस्पान्योलसँग रोहितको टोली पराजित

99 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियामा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले स्पेनिस ला लिगा टोली इस्पान्योलसँगको मैत्रीपूर्ण खेलमा हार व्येहोरेको छ।

Rohit Chand

हाल नयाँ सिजनको तयारीमा इन्डोनेसियामा प्रि सिजनमा रहेको इस्पान्योलविरुद्ध पर्सिजा जाकार्ता ७-० ले पराजित भएको हो ।

इस्पान्योलले खेलको सातौं  मिनेटमा अग्रता लिने क्रममा २५ वर्षीय स्ट्राइकर जेरार्ड मोरेनोले गोल गरेका थिए। त्यस्तै इस्पान्योलमा यसै सिजन आएका ३० वर्षीय सेन्टर मिडफिल्डर ग्रानेरोले पहिलो हाफमा दुइ गोल गरे। रियल म्याड्रिडका पूर्व खेलाडी होजे म्यानुएल जुराडो र डेभिड लोपेजको गोलमा पाहुना टोली पहिलो हाफमा ५-० ले अगाडी रह्यो । दोस्रो हाफमा आरोन मार्टिन र पापाकौली डिओपले १/१ गोल थपे ।

इन्डोनेसियाको लिगमा पर्सिजाकालागि नियमित सुरुवात गर्दै आएका रोहित यस खेलमा भने ७८ मिनेटमा मैदान प्रवेश गरेका थिए।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.