default_image

8 years ago

July 19, 2017

लेबनानविरुद्ध पहिलो हाफमा नेपाल १ गोलले पछाडी

107 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल लेबनानसँग भिड्दै छ। मध्यान्तरसम्मको खेलमा नेपाल १-०ले पछाडी रहेको छ।

लेबनानले खेलको २९औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। डिफेन्सले हेडर क्लियर गर्न नसकेको बलमा लेबनानका खेलाडीले गोल गरेका थिए।

नेपाल र लेबनान दुवै टोलीको प्रतियोगिताको अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ। नेपालको समूहबाट उज्वेकिस्तान सबै खेल जित्दै चिनमा हुने अन्तिम चरणको लागि छनोट भएको छ।

एएफसी यु २३ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालको युएई र उज्वेकिस्तानसँगको खेल लाइभ दिएपनि आज लेबनानसँगको खेल दुवई लाइभ स्पोर्टसले नदिएकाले हामीले पनि उक्त सेवा दिन नसकेकोमा हाम्रो खेलकुद डटकम क्षमा चाहन्छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.