8 years ago
July 20, 2017
झापा (हाम्रो खेलकुद)– पूर्व राष्ट्रिय खेलाडी युगलकिशोर राई नेतृत्वमा सञ्चालनमा रहेको झापाको चन्द्रगढी फुटबल एकेडेमीलाई एकपछि अर्को सहयोग आउन थालेको छ । केही साता अघि राष्ट्रिय टोली पूर्व कप्तान हरि खड्काको पहलमा जर्सी, बललगायत सामाग्री प्राप्त गरेको एकेडेमीका लागि विदेशमा बस्ने नेपालीले हालै फुटबल मैदानको घाँस काट्ने मेसिन खरिद गर्न आर्थिक सहयोग गरेका छन् ।
हङकङ बस्दै आएका मुनाल क्लब तथा झापा ११ का पूर्व खेलाडी विजय लिम्बुको पहलमा भुपने लिम्बु, बिजु लिम्बु,रोहित राई र मुनाल क्लबका शुभ चिन्तक यलम्बर तुम्बाहाम्फेले १ लाख १ हजार २ सय ५० हजार रुपैयाँ सहयोग गरेको युगलकिशोर राईले जानकारी दिए ।
सबै तिरबाट सहयोग र सद्भाव प्राप्त हुँदा काम गर्ने थप हौसलाई मिल्ने राईले हाम्रो खेलकुद डट कमलाई बताए । ‘एक्लैले चाहेर केही गर्न सकिन्न,’ उनले भने,‘सबै तिरबाट सहयोग हुँदा जस्तै असम्भव लाग्ने काम पनि सहज रुपमा गर्न सकिन्छ । यहाँ स्थानिय रुपमा पनि हामीले सबैबाट साथ पाएका छौं ।’
झन्डै डेढ बर्ष बेलायत बसेर ६ बर्षअघि स्वदेश फर्केका राईले यो बीचमा एएफसी ‘सी’ र ‘बी’ लाइसेन्स उर्तिण गरे । केही समय राजधानीमै फुटबल प्रशिक्षण्मा व्यस्त रहेपनि अन्ततः उनले गृह जिल्ला फर्केर एकेडेमी खोल्ने योजना बनाए र केही महिना अघिबाट सुरु पनि गरिसकेका छन् ।
अहिले यू १२, यू १४ र सिनियर गरि झन्डै डेढ सय खेलाडीलाई तीन समूहमा प्रशिक्षण दिइदै आएको राईले जानकारी दिए । प्रशिक्षणमा राईलाई गम्भिर राई, अर्जुन राई, हिम्मत पाण्डे र गोलकिपर प्रशिक्षकका रुपमा अजित राउतले सघाई रहेका छन् ।
राजधानीभन्दा पूर्व त्यसमा पनि झापा, इलाम धनकुटा जस्ता जिल्लामा फुटबल खेलाडी उत्पादनको बढी सम्भावना देखेकोले आफु गृह जिल्ला फर्केको राईले सुनाए । ‘मैले काठमाडौं पनि केही समय काम गरे,’ उनले थपे,‘त्यो भन्दा बढी क्रेस, माहोल र लगाव पूर्वमा छ । त्यसैले केही गर्ने सकिन्छ भने म घर फर्केको हु । अहिलेसम्म जति गर्न सकेका छौं त्यसमा सन्तुष्ट छौं ।’
पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले पोखरामा एकेडेमी स्थापना गर्ने खबरले पनि राई थप उत्साहित छन् । ‘सञ्चारमाध्यमबाट बसन्त दाईको योजना सुन्न पाए । एकदम खुसी लाग्यो,’ उनले आशावादी हुँदै भने,‘ सबैले आ आफ्नो ठाँउबाट कोसिस गर्ने हो भने हामीले फुटबलमा अझै राम्रो गर्न सक्छौं । तर, अहिलेको फुटबल जसरी अघि बढी रहेको छ त्यसबाट परिणामको धेरै आशा गर्न सकिन्न । पहिला त बढी भन्दा बढी खेलाडी हामीले उत्पादन गर्नुपर्दछ । सबैलाई समेटेर मौका दिएर अघि बढ्ने हो भने फुटबल विकासमा सुधार गर्न सकिन्छ । ’
एकेडेमीलाई सहयोेग गर्ने सबैलाई राईले धन्यवाद दिएका छन् । ‘हामी दीर्घकालिन योजनासहित फुटबल खेलाडी उत्पादन गर्न लागि रहेका छौं,’ उनले भने,‘यसमा सबैको सहयोगको आवश्यकता पर्दछ । सबैले सहयोग गर्नु भएको पनि छ । उहाँहरुलाई धेरै धेरै धन्यवाद । तपाईहरुको सहयोगले हामीलाई काम गर्ने थप हौसला मिलेको छ ।’
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]