8 years ago
July 24, 2017
अमेरिका (एजेन्सी) – बार्सिलोनाका भरपर्दा डिफेन्डर जेरार्ड पिकेले ब्राजिलियन फरवार्ड नेयमार अर्को सिजन बार्सिलोनामै रहने दाबी गरेका छन्। नेयमार पिएसजी जाने हल्ला व्यापक फैलिएसँगै पिकेले आफ्नो सामाजिक संजालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।
केहि दिन अघि भएको बार्सिलोना र युभेन्टसको खेलमा २ गोल गरेका २५ वर्षीय नेयमारले भने हालसम्म आफ्नो भविष्यबारे केहि बोलेका छैनन्। तर, नेयमारका समकक्षी डिफेन्डर पिकेले सामाजिक संजालमा दुइ खेलाडीको फोटो राख्दै ‘उनि बस्छन्’ भनेर लेखेका छन्।
यता बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभेर्डेले नेयमार बार्सिलोनाकै खेलाडी रहेको बताए। ‘नेयमार अहिले हाम्रो साथमै छन्। उनि हामीसबैले मन पराउने र नभई नहुने खेलाडी हुन्। उनि मैदानभित्र मात्र नभएर टोलीमा एकदम रमाइला खेलाडी पनि हुन्।‘
‘यो सब हल्ला हो। हामीले यसबारे केहि चिन्ता लिनुपर्ने जस्तो हामीलाई लागेको छैन। भविष्यमा के हुन्छ त्यसबारे म भन्न सक्दिन तर यो समयमा भने नेयमार टोलीकै सदस्य छन् र रहनेछन्।’
बुधबार हुने बार्सिलोना र म्यानचेस्टर युनाइटेडको खेलमा नेयमारले पहिलो रोजाईमा खेल्ने पनि बुझिएको छ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]