default_image

8 years ago

July 25, 2017

बायर्नसँग चेल्सीको हार

126 views

0 Bookmark

दिपेश तिमलसिना

सिंगापुर – प्रि-सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले इङ्गलिस च्याम्पियन चेल्सीलाई ३-२ले पराजित गरेको छ।

खेलको छैटौं मिनेटमा राफिन्हाले गोल गर्दै बायर्नलाई खेलमा अग्रता दिलाएका थिए। उनले बक्सबाहिरबाट गरेको प्रहारलाई गोलरक्षक थिबाउ कोर्टुवाले रोक्ने कुनै मौका पाएनन्। लगत्तै १२औं मिनेटमा थोमस मुल्लरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए। मुल्लरले २७औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई ३-०को अग्रता दिलाएका थिए। मुलरले करिब २० यार्ड टाढाबाट प्रहार गरेको सट गोलरक्षकलाई बिट गरेर सिधै गोल भएको थियो। चेल्सीका लागि पहिलो हाफको अन्तिम समयमा मार्कस अलोन्सोले गोल गर्दै अग्रता घटाए। उनले रिबाउन्डमा आएको बललाई कडा प्रहर गर्दै खेललाई २ गोलको फरकमा झारेका थिए।

दोश्रो हाफमा बायर्नले थप अवसरहरु सिर्जना गरेपनि गोल गर्न भने असफल रह्यो। बायर्नका लागि हामेस रोड्रीग्वेजले निकै अवसर पाएपनि त्यसको सदुपयोग गर्न चुकेका थिए। चेल्सीले खेलको ८५औं मिनेटमा अर्को गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो। चेल्सीका लागि फरवार्ड मिसी बासुआइले सेस फाब्रेगासको क्रसलाई  अल्भारो मोराटाले फ्लिक गरेर पास मिलाएपछि गोल गरेका थिए।

पछिल्लो खेलमा एसी मिलानसँग ४-०ले पराजित भएको बायर्नले चेल्सीलाई पराजित गरेको हो। बायर्नले बुधबार हुने खेलमा इन्टर मिलानको सामना गर्नेछ। यसैगरि चेल्सीले पछिल्लो खेलमा आर्सनललाई पराजित गरेको थियो।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.