default_image

8 years ago

July 26, 2017

नेयमारको भविष्यबारे पिके अनभिज्ञ

113 views

0 Bookmark

अमेरिका (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर पिकेले क्लबका फरवार्ड नेयमारको भविष्यबारे आफु अनभिज्ञ रहेको बताएका छन्। पिकेले केहि दिन अघि सामाजिक संजालमा फोटो हाल्दै नेयमार बार्सिलोनामै बस्ने बताएका थिए। तर, अहिले उनले उक्त पोष्ट आफ्नो सुभेच्छा भएको बताएका छन्।

पिकेले पत्रकार सम्मेलनमा नेयमार बस्ने-नबस्ने पक्का अझै नभएको बताए ‘मलाई नेयमार बस्छन वा जान्छन थाहा छैन तर मैले नेयमारसँग गरेको कुराकानी अनुसार आफैं बुझेर उक्त पोष्ट गरेको हुँ म नेयमार क्लबमै बसुन भन्ने चाहन्छु।’

‘मैले लेखेको कुनै औपचारिक समाचार थिएन। नेयमारलाई मात्र थाहा छ उनको भविष्य के हुनेछ तर मेरो चाह भनेको उनलाई क्लबमै रहेको हेर्ने हो। मैले आफ्नो साथी र सहकर्मीका रुपमा सक्ने सल्लाह दिएको छु। मैले कुनै हालतमा पनि उनलाई यहाँभन्दा नराम्रो लिगमा जान सल्लाह दिन्न।’

बार्सिलोनाले बुधबार हुने खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ खेल नेपाली समयानुसार बिहिबार बिहान हुनेछ

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.