default_image

8 years ago

July 30, 2017

पहिलो हाफसम्म रियल र बार्सिलोना बराबरीमा

112 views

0 Bookmark

मायमी (एजेन्सी) – प्रि सिजनको प्रशिक्षणमा अमेरिकामा रहेका रियल म्याड्रिड र बार्सिलोनाबीच मैत्रीपूर्ण खेल चल्दैछ पहिलो हाफको अन्त्यसम्म दुवै स्कोर २-२को अवस्थामा रहेको छ। २ गोलले पछि पारेको स्थितिलाई उल्टाउँदै म्याड्रिडले खेललाई बराबरीमा ल्याएको हो

खेलको चौथो मिनेटमा लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए त्यसको ३ मिनेट नबित्दै इभान राकीटिचले डी-बक्स को ठिक भित्रबाट गोल गर्दै बार्साको अग्रता दोब्बर पारे तर १४औं मिनेटमा मटियो कोभाचिचले बक्स बाहिरबाट गरेको प्रहार गोल भएपछि रियलले खेलमा फर्कने आशा देखाएको थियो

३६औं मिनेटमा मार्को एसेन्सियोले सुरु गरेको काउन्टर अट्याकमा कोभाचिचले साथ् दिएपछि एसेन्सियोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। पिएसजी जाने हल्ला चलेपनि नेयमार आजको खेलमा सुरुवाती एघारमा परेका छन्।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.