10 years ago
November 26, 2015
काठमाडौं, मंसिर १० गते
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो घटनाक्रमका सम्बन्धमा विभिन्न ४ बुदामा छानविन गर्न पूर्व सचिव प्रतापकुमार पाठकको संयोजकत्वमा बिहीबार ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।
राखेप सदस्य–सचिव केशवकुमार विष्टले समितिका पााचै सदस्यको उपस्थितिमा ‘अखिल नेपाल फुटबल संघका सम्बन्धमा छानविन तथा सुझाव समिति’ गठनको औपचारिक घोषणा गरे । परिषद्को बिहीबारकै सदस्य–सचिवस्तरीय निर्णयानुसार समिति गठन गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी गराए ।
पाठकको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा महालेखा परीक्षकको कार्यालयका पूर्व निर्देशक उमेशप्रसाद ढकाल, कानून विज्ञ प्रवल शर्मा तथा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल रहेका छन् । सचिवमा राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापा छन् ।
नेपाली फुटबलको पछिल्लो अवस्था बारे जानकारी लिन मलेसियाबाट नेपाल आएका एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत पुरुषोत्तम कट्टेल, युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल तथा एन्फा महासचिव धिरेन्द्र प्रधानसंग सोमबार युवा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा सदस्य–सचिव विष्टले एन्फाका सम्बन्धमा छानविन गर्न समिति गठनको प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई भेटमा सहभागी सबैले समर्थन जनाएका थिए ।
समितिलाई छानविन गर्न दिइएको विषयमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले एन्फा अध्यक्ष गणेश थापालाई गरेको कार्वाही र सोबाट परेको प्रभाव तथा एन्फाको कार्यकारी समितिले गरेको निर्णय र अध्यक्ष थापाले गरेको निर्णयको बैधानिकता सम्बन्धमा रहेका छन् । तेश्रो विषयमा म्याच फिक्सिङ प्रकरण र यु–१६ टिमलाई गरेको कार्वाही र सो विषयमा एन्फाको भूमिका सम्बन्धमा रहेका छ । चौथो तथा अन्तिम विषयमा एन्फामा भएको आर्थिक अनियमिता, एन्फाको काम कार्वाहीहरु विधि विधानसम्मत गर्न तथा एकताबद्ध बनाइ फुटबलको विकास र विस्तार गर्न के गर्नु पर्दछ ? भन्नेमा केन्द्रित छ ।
समितिलाई उक्त विषयमा छानविन गरी सत्यतथ्यसहितिको प्रतिवेदन र सुधारका लागि सुझाव परिषद् समक्ष पेश गर्न १ महिनाको समय दिइएको प्रेस सल्लाहकार दाहालले जनाएका छन् । समिति घोणषापछि सदस्य–सचिव विष्टले सम्बन्धितलाई पत्र हस्तान्तरण गरेका थिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]