8 years ago
September 2, 2017
लिभरपुल (एजेन्सी)– यो साता विश्व कप छनोट चरणका खेलहरु भएकाले युरोपिन लिगमा विश्राम छ । अन्तर्राष्ट्रिय खेलाडीहरु प्रतिस्पर्धाको तयारीमा जुटिरहेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा यसअघि व्यवस्त रहने गरेका इङ्ल्यान्डका पूर्व कप्तान वायन रुनीलाई अहिले त्यस्तो चटारो छैन ।
कारण उनले केही दिनअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका छन् । अर्को तिर रुनीकी श्रीमती कोलिन पछि अहिले छुट्टी माउने क्रममा देश बाहिर छिन् । यो परिस्थितिमा उनीसँग पहिला भन्दा फुर्सदको समय छ । जुन समय उनले साथीसँग विताउनु पनि स्वभाविक थियो ।
तर फुर्सदको समय साथीहरुसँग गरेको रमाइलो रुनीलाई महंगो परेको छ । एभर्टनका स्ट्राइकर रुनी रक्सी पिएर गाडी चलाएको आरोपमा शुक्रबार बिहान पक्राउ परेका थिए । इङ्ल्यान्डका लागि सर्वाधिक गोलकर्ता रहेका रुनीलाई प्रहरीले घर नजिकैबाट पक्राउ गरेको थियो । बिहीबार साँझ रुनी फुटबलर साथीहरुसँग इटालियन रेस्टुराँमा रमाइलो गरिरहेका थिए ।
तर घर फर्किने क्रममा उनलाई चेसाएर प्रहरीले स्थानीय समयअनुसार शुक्रबार बिहान ६ बजे रक्सी पिएर गाडी चलाएको आरोपमा पक्राउ गरेको थियो । रुनीले प्रहरीको तीन पटकसम्मको चेतावनीलाई बेवास्ता गरेका भनिएको छ । उनका क्लब एभर्टनले रुनीको पक्राउबारे केही बोलेको छैन ।
प्रहरी तथा रुनीको प्रवक्ताबाट पनि घटनाबारे विस्तृत जानकारी आउन सकेको छैन । १३ बर्षपछि यसै सिजन म्यानचेस्टर युनाइटेडबाट पूर्व क्लब एभर्टन फर्किएका रुनीले एभर्टनका लागि प्रिमियर लिगमा ३ खेलमा २ गोल गरिसकेका छन् ।
राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता रहेका रुनीले इङ्ग्ल्यान्डका लागि १ सय १९ खेलमा ५३ गोल गरेका छन् । प्रिमियर लिगमा उच्च प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा फर्कने सम्भावना बाँकी रहँदै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]