8 years ago
September 2, 2017
म्याड्रिड (एजेन्सी) – यूरोपको विश्वकप छनोट चरणको खेलअन्तर्गत समूह ‘जी’मा दुई पूर्व विश्वकप विजेता स्पेन र इटाली आज राती १२.३० बजे म्याड्रिडमा भिड्दै छन् । समूहमा दुवैको समान अंक रहेकाले यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ ।

समूह ‘जी’मा स्पेन र इटाली दुवै टोलीको ६ खेलमा ५ जित र १ बराबरीसहित समान १६ अंक रहेको छ । पछिल्लो पटक समूहमा स्पेन र इटाली भिड्दा खेल १-१ को बराबरीमा टुङ्गिएको थियो । हरेक समूहबाट मात्र एक टोली स्वत: विश्वकपमा छनोट हुनेछन् ।
यसैगरी इटालीले स्पेनलाई २०१६ को यूरोकपको अन्तिम १६ मा २-० ले हराएको थियो । त्यसैले आफ्नो घरेलु मैदानमा खेलिने यस खेल स्पेनका लागि प्रतिशोध लिने मौका पनि हो । समूहको अघिल्लो खेलमा इटालीले लेचिन्स्टाइनलाई ५-० ले हराएको थियो भने स्पेनले पनि म्यासेडोनियामाथि २-१ को जित निकालेको थियो । स्पेनका लागि दिग्गज स्ट्राइकर डेभिड भिल्लाले टोलीमा पुनरागमन गर्दै छन् भने इटालीका डिफेन्डर जर्जियो केलिनीले चोटका खेल गुमाउने छन् ।
नेपाली समय अनुसार आजका अन्य खेलहरु:
अल्बानियाविरुद्ध लेचिन्स्टाइन – ९.४५ बजे
फिनल्यान्डविरुद्ध् आइसल्यान्ड – ९.४५ बजे
सर्बियाविरुद्ध मोल्डोभा – ९.४५ बजे
जर्जियाविरुद्ध आयरल्यान्ड – ९.४५ बजे
वेल्सविरुद्ध अष्ट्रिया – १२.३० बजे
यूक्रेनविरुद्ध टर्की – १२.३० बजे
क्रोएसियाविरुद्ध कोसोभो – १२.३० बजे
इज्रायलविरुद्ध म्यासेडोनिया – १२.३० बजे
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]