8 years ago
September 2, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदान सान्टिएगो बोर्नवउमा विश्व फुटबलका शक्तिशाली स्पेन र इटाली भिड्दै छन् । फिफा वरियतामा हाल स्पेन ११ औं स्थानमा छ भने त्यो भन्दा इटाली एक स्थान तल छ ।

रियलका क्रिस्टियानो रोनाल्डोको अनुपस्तिथिमा पाएको मौकालाई पूर्ण रुपमा सदुपयोग गरेका स्पेनका २१ वर्षीय स्ट्राइकर मार्को असेन्सियोले सुरुवाती ११ मा स्थान बनाउन सक्ने प्रवल सम्भावना छ । उनले यसै सिजन चेल्सीसँग आबद्ध भएका अल्भारो मोराटालाई फरवार्डमा साथ् दिन सक्ने छन् । ४-३-३ को फर्मेसनमा मोराटाबीचबाट खेल्दै डेभिड सिल्भा र असेन्सियो विङ्समा उत्रने सम्भावना छ ।
स्पेनको सम्भावित सुरुवाती ११: डे हेया, अल्बा , पिके , रामोस , कार्भाजाल, इसको , बास्केट , इनियेस्टा , सिल्भा , मोराटा , असेन्सियो
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]