8 years ago
September 15, 2017
पोखरा (हाम्रो खेलकुद) – रेडियो तथा टेलिभिजनकर्मी सुरज श्रेष्ठ सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७३ बाट सम्मानित भएका छन् । सहाराको १९ औं बार्षिकत्सव र १० औं अधिवेशनको अवसरमा शुक्रबार श्रेष्ठलाई पुरस्कृत गरिएको हो । सहाराले विगत ११ बर्ष देखि निरन्तर रुपमा खेलकुद पत्रकारिता पुरस्कार दिदै आएको छ ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल, क्लबका संस्थापक अध्यक्ष वसन्त थकाली, सल्लाहकार प्रकाश शेरचन, क्लवका अध्यक्ष विरभद्र आचार्यले ताम्रपत्र सहित दोसल्ला, फुल माला तथा खादा लगायर श्रेष्ठ सम्मान गरेका हुन । पुरस्कारको राशी नगद १५ हजार ५ सय ५५ रहेको छ । श्रेष्ठले पुरस्कार राशीमा ४ हजार ४ सय ४५ रुपैया थप गरी २० हजार सहारा एकेडेमीको लागि आर्थिक सहयोग गर्ने उद्घोष गरे । पुरस्कृत श्रेष्ठले सम्मानले आफुलाई अझ बढी खेल पत्रकारितामा जिम्मेवारी बढेको बताए ।
बन्दिपुर १ डुम्रेका स्थायी बासिन्दा श्रेष्ठ पोखरा सितलादेवि बस्दै आएका छन् । उनी पोखरा एफ एम र पोखरा टेलिभिजनमा आवद्ध छन् । उनी दशक देखि पत्रकारितमा सक्रिय छन् । प्रतिभा छनौट समितिमा संयोजक नारायण कार्कीले सम्मानित व्यक्तिको चर्चा गर्दै खेलकुद पत्रकारिता पुरस्कारले खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कारले थप हौसला बढ्ने गरेको बताए ।
२०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट हालसम्म कुलचन्द्र न्यौपाने, २०६४ धन बस्नेत, २०६५ विनोद लामिछाने, २०६६ प्रेम नारायण न्यौपाने, २०६७ राम गुरुङ्ग, २०६८ दीननाथ बराल, २०६९ प्रदिप पौडेल, २०७० एकराज गिरी, २०७१ सागरराज तिमिल्सिना, २०७२ मा कृष्णमणि बराल र २०७३ मा एम बि आस्था मगर यो पुरस्कार प्राप्त गरिसकेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]