default_image

7 years ago

September 16, 2017

अनिललाई सहाराको को सम्मान

पोखरा (हाम्रो खेलकुद)– सहारा क्लबले आफ्नो पहिलो ब्याचका खेलाडी अनिल गुरुङलाई सम्मान गरेको छ । क्लबको १९ औं बार्षिक उत्सव र १० औं अधिवेशनको अवसरमा शुक्रबार नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका अनिलललाई सम्मान गरेको हो । उनी २०५८ सालमा क्लबको एकेडेमीमा थिए । सोही अवसरमा सहारा उत्कृष्ट पुरस्कार २०७४ बाट यस बर्ष संस्थाका आजिवन […]

20 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– सहारा क्लबले आफ्नो पहिलो ब्याचका खेलाडी अनिल गुरुङलाई सम्मान गरेको छ । क्लबको १९ औं बार्षिक उत्सव र १० औं अधिवेशनको अवसरमा शुक्रबार नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका अनिलललाई सम्मान गरेको हो । उनी २०५८ सालमा क्लबको एकेडेमीमा थिए ।

सोही अवसरमा सहारा उत्कृष्ट पुरस्कार २०७४ बाट यस बर्ष संस्थाका आजिवन सदस्य महेश रानाभाटलाई पुरस्कृत गरेको छ । त्यस्तै २०६१ सालको सहारा फुटबल एकेडेमीका उत्पादन लक्ष्मण जिसी नेपाली यू २३ मा छनोट हुन सफल भएकोमा प्रसंसा पत्र प्रदान गरिएको थियो ।

क्लबको सल्लाहकार संस्था पृथ्बी राजमार्ग बस संचालक समितिलाई समेत क्लवले सम्मान गरेको छ । समितिका महासचिव योगेन्द्र बहादुर केसी, कोषाध्यक्ष जस बहादुर गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल, क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, सहारा युकेका सल्लाहकार रमेश बास्तोला, क्लवका अध्यक्ष विरभद्र आचार्यले सम्मान पत्र, दोसल्ला र मालाले सम्मान गरेका हुन ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.