8 years ago
September 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक श्री भगवती क्लब टोखा प्रथम उत्तर भेगीय गजराज जोशी कप फुटबल प्रतियोगिताको उपाधि जिततेको छ । टोखाकै अर्को क्लब सिटी स्पोर्टस क्लबलाई शनिबार ३-० ले हराउँदै भगवतीले उपाधि जितेको हो ।
टोखास्थित फुटबल मैदानमा खेलको सुरुवातदेखि नै भगवतीले दबदबा राखेको थियो । भगवतीका लागि हरि कार्कीले खेलको ३४ औ, सन्तोष श्रेष्ठले दोस्रो हाफको १३ औं र श्याम नेपालीले दोस्रो हाफको १९ औ मिनेटमा गोल गरे ।
प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी सीटीका सोनम श्रेष्ठ घोषित हुदा सर्वाधिक गोलकर्ता सदावहार खेलकुदका दीपेश श्रेष्ठ बने । त्यस्तै सर्वोत्कृष्ठ गोलकिपर भगवतीका राजु नगरकोटी, वेष्ट मिडफिल्डर भगवतीका राजु कुमाल र वेष्ट डिफेन्डर बाँनियाटार युवा समाजका सुदन लामा घोषित भए ।
विजयी टोली भगवतीले उपाधिसहित एक लाख रूपैयाँ प्राप्त गर्यो । विजेता खेलाडीहरुलाई काँग्रेस महामन्त्री शशांक कोइरालाले पुरस्कार तथा ट्रफी वितरण गरे । काठमाडौंको उत्तर भेगका २० टोलीको सहभागिता रहेको प्रतियोगिता लिगको आधारमा सञ्चालन गरिएको हो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]