default_image

8 years ago

September 17, 2017

पहिलो खेल दमक र सैनिक युवाबीच हुने

244 views

0 Bookmark

भद्रपुर (हाम्रो खेलकुद)– मुनाल क्लब भद्रपुरले सञ्चालन गरेको चन्द्रगढी फुटबल एकेडेमीको आयोजनामा झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता सोमबार सुरु हुँदैछ । पहिलो खेल दमक फुटबल एकेडेमी र सैनिक युवा क्लबबीच हुने प्रतियोगिता संयोजक युगल किशोर राईले जानकारी दिएका छन् ।

झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने मेची रंगशाला ।

झापा जिल्लामा रहेको एकेडेमीमा प्रशिक्षण गरिरहेका खेलाडीबीचको प्रतिस्पर्धाले स्तरीय खेलाडी उत्पदान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको पूर्व राष्ट्रिय खेलाडी समेत रहेका राईले बताए । असोज ११ गतेसम्म मेची रंगशालामा हुने प्रतियोगिताबाट बचत हुने रकम चन्द्रगढी एकेडेमीका खेलाडीको स्तरबृद्धिका लागि खर्च गरिने प्रतियोगिता बताइएको छ ।

अर्को वर्षदेखि एकेडेमी स्तरीय प्रतियोगितालाई होम एन्ड अवे लिगका आधारमा सञ्चालन गर्ने क्लबको योजना रहेको छ । यसपटकको प्रतियोगिताका काकरभिट्टा, विर्तामोड, सैनिक, केर्खा, दमक, जलथल, मंगलबारे, एपिएफ दमक र आयोजक चन्द्रगढी फुटबल एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् । झन्डै १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार, दोस्रो हुने टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

खेल तालिका

 

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.