default_image

8 years ago

September 19, 2017

सैनिक एफसी क्वार्टरफाइनलमा, आज केर्खा र जलथल भिड्ने

128 views

0 Bookmark

भद्रपुर (हाम्रो खेलकुद)– सैनिक फुटबल ट्रेनिङ सेन्टर झापा जिल्ला एकेडेमी स्तरीय नकआउट प्रतियोगिता क्वार्टरफाइनलमा पुगेको छ । मेची रंगशालामा हिजो उद्घाटन खेलमा दमक फुटबल क्लबलाई ६–२ ले हराउँदै सैनिक अघिल्लो चरण पुगेको हो ।

अब सैनिकले पहिलो चरणमा बाई पाएको जिबी रबर एमएफसीसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा आज केर्खा स्टार र जलथल एफएबीच प्रतिस्पर्धा हुनेछ ।

हिजोको खेलमा पहिलो हाफ २–२ को बराबरी भएको थियो । सैनिकका लागि विकेश लिम्बुले ह्याट्रिक पुरा गरेका थिए । ११ औं मिनेटमा पहिलो गोल गरेका विकेशले २३ औं मिनेटमा नेपाल्टीमार्फत गोल गरेका थिए । उनले ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

टोलीका लागि विशान राईले ५१ औं र ५७ औं तथा बालकृष्ण राईले ४१ औं मिनेटमा गोल गरेका थिए । दमकका लागि योगेन लिम्बुले २३ औं मिनेटमा गोल गरे । सैनिकका निश्चिल लिम्बुले आत्मघाती गोल गरेका थिए । मुनाल क्लब भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकाडेमीको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन झापा जिल्ला समन्वय समितिको अध्यक्ष सोम पोर्लेलले गरेका थिए ।

प्रतियोगिताका संयोजक युगल किशोर राईको अध्यक्षतामा भएको उदघाटनमा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, संघिय प्रहरी इकाई भद्रपुरका एसएसपी पिताम्बर अधिकारीलगायतको उपस्थिति थियो ।

असोज ११ गते सम्म चल्ने प्रतियोगितामा १० वटा एकेडेमकिो सहभागिता रहेको छ । झन्डै १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार र दोस्रो हुने टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.