default_image

8 years ago

September 19, 2017

आयोजक झरनालाई निराश पार्दै कपिलवस्तु युनाइटेड फाइनलमा

130 views

0 Bookmark

दिपक न्यौपाने
बुटवल – कपिलवस्तु युनाइटेड रुपन्देहीको जारी ३१ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । आयोजक झरना स्पोर्टस क्लब कुन्जलापुरलाई आजको ट्राइब्रेकरमा ४–३ हराउँदै कपिलबस्तु युनाइटेड उपाधि तजिक पुगेको हो ।

उमा उच्च माविको मैदानमा दर्शकको उल्लेख उपस्थिति रहेको खेलमा निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपनि निर्णयका लागि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । आयोजक झरनाका मनिष गुरुङ खेलको म्यान अफ दी म्याच घोषीत भए ।

प्रतियोगितामा भोली दोस्रो सेमिफाइनलमा सेमिफाइनलमा लिस्नु युवा क्लब र भैरव एफ.सी. नवलपरासीबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष लोक पुनले हाम्रो खेलकुद डटकमलाइ जानकारी दिए । असोज ६ गते फाइनल हुने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५० हजार र दोस्रो हुने टोलीलाई ८० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.