8 years ago
September 20, 2017
काठमाडौं (हाम्रो खेलकुद)– साफ यू १८ फुटबल प्रतियोगिताको उपाधि जोगाउने लक्ष्य सहित नेपाली टोली भुटान यात्रामा निस्केको थियो । दुई वर्षअघि नेपालले घरेलु मैदानमा साफ यू १९ को उपाधि जितेको थियो । यसपटक भने यू १८ का नाममा च्याम्पियनसिप हुँदैछ ।
नेपालले आज भुटानसँग खेल्दै उपाधि रक्षाको यात्रा सुरु गर्दैछ । राउन्ड रोविनका आधारमा सञ्चालित प्रतियोगितामा भुटानले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराइसकेको छ ।
श्रीलंकाले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल , भुटान , भारत , माल्दिभ्स र बंगलादेशवीच राउन्ड रोविनमा प्रतियोगिता आयोजना गरिएको हो । सबैले एकअर्कासँग खेलिसकेपछि अंकका आधारमा शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दुई वर्षअघि नेपालसँग फाइनल खेलको भारतले हारबाट यसपटकको यात्रा सुरु गरेको छ । बंगलादेशलाई ३–० ले पछि परेको खेल अन्ततः भारतले ४–३ ले गुमाएको थियो ।
नेपाली टोली गोलकिपर अर्पण कार्कीको कप्तानीमा रहेको छ भने प्रिजन तामाङ टोलीको उप कप्तान हुन् । छरिङ लोप्साङ गुरुङको प्रशिक्षणमा रहेको टोलीमा ललित मेमोरियल यू–१८ फुटबल च्याम्पियनसिप र खुल्ला च्याम्पियनसिपबाट खेलाडी छनोट गरिएको थियो ।
नेपाली टोली :
१. सन्देश गुरुङ (गोलरक्षक)
२. अभिषेक बराल (गोलरक्षक)
३. अर्पण कार्की (गोलरक्षक)
४. सुमन अर्याल (डिफेन्डर)
५. विश्वास उदास (डिफेन्डर)
६. रोमन लिम्वु (डिफेन्डर)
७. आकाश श्रेष्ठ (डिफेन्डर)
८. अशिम भूषाल (डिफेन्डर)
९. बिकास खवाास (डिफेन्डर)
१०. निराजन महर्जन (डिफेन्डर)
११. राजन गुरुङ (डिफेन्डर)
१२. दिनेश हेन्जन (मिडफिल्डर)
१३. अशोक थापामगर (मिडफिल्डर)
१४. अभिषेक रिजाल (मिडफिल्डर)
१५. एरिक विष्ट (मिडफिल्डर)
१६. अनिल महर्जन (मिडफिल्डर)
१७. सेसाङ आङदाम्वे (मिडफिल्डर)
१८. राजीव लोप्चन (मिडफिल्डर)
१९. राम वोजी (मिडफिल्डर)
२०. धिरज श्रेष्ठ (फरवार्ड)
२१. रेजिन सुब्बा (फरवार्ड)
२२. प्रिजन तामाङ (फरवार्ड)
२३. दिपेश आलेमगर (फरवार्ड)
मुख्य प्रशिक्षकःछिरिङ लोप्साङ गुरुङ
सहायक प्रशिक्षकः पुष्कर शाही
गोलरक्षक प्रशिक्षकः मृगेन्द्र मिश्र
टिम म्यानेजरः गणेश चन्द
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]