default_image

8 years ago

September 19, 2017

केर्खा झापा एकेडेमी फुटबलको क्वार्टरफाइनलमा

140 views

0 Bookmark

भद्रपुर (हाम्रो खेलकुद)– केर्खा स्टार एफसी झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । मेची रंगशालामा आज जलथल एफएलाई २–१ ले हराउँदै केर्खा अन्तिम आठमा पुगेको हो । अब टोलीले बाई पाएको आयोजक चन्द्रगढी फुटबल एकेडेमीसँग शुक्रबार सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

केर्खाको जितमा सन्तोष न्यौपानेले पहिलो हाफ र रमेश केसीले दोस्रो हाफमा गोल गरेका थिए । जलथलका लागि सरोज काकीले गोल गरे । केर्खाका गोलकिपर ओमान लामा खेलको म्यान अफ दी म्याच चुनिएका थिए । मुनाल क्लबका पूर्व खेलाडी गणेश राजभण्डारीले म्यान अफ दी म्याच ट्रफी प्रदान गरे । प्रतियोगितामा भोलीबाट क्वार्टरफाइनलका खेल सुरु हुनेछ ।

पहिलो क्वार्टरफाइनलमा एपिएफ दमक र विर्तामोड युनाइटेडबीच हुने प्रतियोगिता संयोजक युगल किशोर राईले जानकारी दिए । मुनाल क्लब भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकेडेमीको आयोजनमा सञ्चालित प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार र दोस्रो हुने टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.