default_image

8 years ago

September 20, 2017

आर्सनल नेपालको साधारण सभा सम्पन्न

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आर्सनल नेपालको पाँचौं वार्षिक साधारण सभा हिजो राजधानीमा सम्पन्न भएको छ । क्षेत्रपाटिस्थत मर्करी लाउन्जमा भएको सभामा आर्सनल नेपालले यो वर्षको टि सर्ट अनावरण गर्नुका साथै सदस्यता पनि वितरण गरेको थियो ।

सन् २००९ मा स्थापित आर्सनल नेपाल इङ्ल्यान्डको लण्डनस्थित आर्सनल फुटबल क्लबद्वारा मान्यता प्राप्त समर्थक क्लब हो । आफ्नो फेसबुक समूहमा २९ सय भन्दा बढी सदस्य रहेको आर्सनल नेपालले वर्षभरी फुटसल, साइक्लिङ र स्क्रिनिङ जस्ता अन्तरक्रियात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

आर्सनल नेपालले सभामा अधिकारिक सदस्यहरुलाई सदस्यता कार्ड तथा टि सर्ट प्रदान गर्यो । आर्सनल नेपालका अधिकारिक सदस्यको संख्या २ सय नाघेको छ । अतिथिका रुपमा सहभागी आर्सनल समर्थक रहेकी मिस नेपाल एसिया पेसिफिक २०१७ साहारा बस्नेतलाई आर्सनल नेपालले यो वर्षको सम्मानित सदस्यता प्रदान गर्यो ।

आर्सनल नेपालका वर्षभरीका गतिविधिहरुका बारेमा भिडियो प्रस्तुत गर्नुका साथै आउने वर्षका योजनाहरु पनि कार्यक्रममा छलफल भएको थियो । पाँचौं अन्तर आर्सनल फुटसलका खेलाडीलाई प्रमाणपत्र बाँड्नुका साथै वर्षभरिका गतिविधिहरु आयोजना गर्न मद्दत गर्ने स्वयंसेवकहरुलाई सम्मान पत्र प्रदान गरियो । आर्सनल नेपालको इभेन्ट प्रायोजक ‘द जर्सी पसल’ र फुटसलका प्रायोजक ‘ज्याज अप्स्टेर्स’ लाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

सभामा आर्सनल नेपालका अध्यक्ष नबिन चित्रकारले सहभागी सबैलाई धन्यवाद दिए । उनले भने ,’सबै जनाको साथ बिना केही पनि कार्यक्रम सम्भव छैन । वर्षभरीका विभिन्न गतिविधिहरुमा संलग्न भई साथ दिनुहुने सबै सदस्य, समर्थक, प्रायोजक र स्वयंसेवकहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.