default_image

8 years ago

September 20, 2017

प्रथम किसुनजी स्मृति कप भेट्रान फुटबल : जावलाखेल र हिमालयन शेर्पा भिड्ने

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम किसुनजी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सदाबहार खेलकुद समाजले आयोजना गरेको प्रतियोगिताको सेमिफाइनलमा जावलाखेल र हिमालयन शेर्पा तथा चाबहिल र सामाखुसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

 

बुधबारको खेलमा चाबहिल एजेले सिन्धु स्पोर्टलाई ९–० ले हरायो । चाबहिलका लागि सन्तोष नेपालीले दोहोरो ह्याट्रिक गरे भन आकाश गुरुङले पनि ह्याट्रिक पुरा गरे ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष एवंम आयोजक समितिका अध्यक्ष बद्री भट्टराईले चाबहिलका आकाश गुरुङलाई म्यान अफ दी म्याच घोषित भएकोमा जर्सी प्रदान गरे । बुढानिलकण्ठ नगरपालिकाको कपन ह्यान्डबल मैदानमा जारी प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.