8 years ago
September 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गतको छनोट चरणमा समूह ‘डी’ को पहिलो खेलमा भारतले प्यालेस्टाइनमाथि सहज जित हासिल गरेको छ । करिब तीन साताअघि नेपाली भूमिमा साफ यू-१५ च्याम्पियनसिपको उपाधि जितेको भारतीय टोलीले हल्चोक स्थित एपिएफको मैदानमा ३-० को सहज जित दर्ता गरेको हो ।
खेलमा पहिलो हाफदेखि नै हावी रहेको भारतकालागि दोस्रो हाफमा गिभ्सन सिंह मोइरंगथेम , बिके ओराम र कप्तान विक्रम प्रताप सिंहले गोल गरे । विक्रमले यसअघि साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध पनि गोल गरेका थिए ।
खेलको ५३ औं मिनेटमा अम्जद कोरानले भारतका विक्रमलाई लडाउँदा करिब २० यार्डबाट पाएको फ्रिकिकलाई गिभ्सनले सोझै गोलमा परिणत गर्दै भारतकालागि अग्रता दिलाएका थिए । पोस्टको बाँयाबाट गरेको लेफ्ट फुटेड प्रहारले फार पोस्टको दिशा पाएको थियो । त्यस्तै ओरामले ७४ औं मिनेटमा रिकी जोन सबोंगको क्रसमा हेड गर्दै गोल गरे । भारतका कप्तान विक्रमले ८२ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।
प्यालेस्टाइनका प्रशिक्षक याहे असी जालायाजाले आफ्नो टोलीले सोचे अनुरुप प्रदर्शन गर्न नसकेको बताए । ‘नेपालको मौसममा ढल्ने समय नपाउँदा खेलाडीहरुले अपेक्षा अनुरुप खेल्न सकेनन । हाम्रो सम्भावना अझ बाँकी रहेकोले अर्को खेलमा अझ राम्रो खेल्न प्रयास गर्नेछौं ‘ , जालायाजाले खेलपछिको पत्रकार सम्मेलनमा भने ।
त्यस्तै भारतीय प्रशिक्षक विभियानो फर्नान्डेजले खेलाडीको प्रदर्शनदेखि खुशी रहेको बताएका छन् । ‘हामीले प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरेका थियौं तर दोस्रो हाफमा सहजै गोल निकाल्न सक्यौं ‘, उनले भने । त्यस्तै विभियानोले नेपालसँग साफमा दुइ पटक जितेपनि टोलीलाई अर्को खेलमा सहज नहुने बताए । ‘एकै टोलीलाई दुई पटक जित्दा अर्को खेलमा अझ गाह्रो हुन्छ । हामीले एक पछि अर्को खेलमा ध्यान दिनेछौं । नेपालसँगको खेल सहज हुने छैन ‘,विभियानोले थपे ।
भारतले दोस्रो खेलमा शुक्रबार घरेलु टोली नेपालको सामना गर्नेछ भने प्यालेस्टाइनले इराकको सामना गर्नेछ । आजको दोस्रो खेलमा नेपाल र इराक भिड्दै छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]