8 years ago
September 20, 2017
भद्रपुर (हाम्रो खेलकुद)– एपिएफ दमक झापा जिल्ला ऐकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विर्तामोड युनाइटेडलाई आज टाइब्रेकरमा ५–३ ले हराउँदै एपिएफ दमकले अन्तिम चारमा स्थान बनाएको हो ।
दोस्रो हाफमा प्राप्त पेनाल्टीलाई एपिएफका सुशिल राई लिम्बुले गोलमा परिणत गर्न नसक्दा टोलीले जितका लागि टाइब्रेकर सम्म कुर्न परेको थियो । मेची रंगशालामा निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा भएको थियो ।
अब फाइनल प्रवेशका लागि एपिएफ दमकले केर्खा स्टार र आयोजक चन्द्रगढी फुटबल एकेडेमीको विजेतासँग प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक युगल किशोर राईले जानकारी दिए । आजको खेलमा एपिएफका दिलकुमार लिम्बु म्यान अफ दी म्याच घोषित भए । म्यान अफ दी म्याचको ट्रफी मनोज डांगीले प्रायोजन गरेका थिए ।
प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा भोली सैनिक एफसी र जिबी रबर एमएफसीबीच प्रतिस्पर्धा हुनेछ । मुनाल क्लब भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकेडेमीको आयोजनमा सञ्चालित प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार र दोस्रो हुने टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]