default_image

8 years ago

October 1, 2017

‘नेयमार र काभानीसँग खेल्न सहज लाग्छ’ – बाप्पे

184 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्ट्राइकर केलियन बाप्पले टोलीका स्टारद्वय इडिन्सन काभानीसँग खेल्न सहज लाग्ने बताएका छन् । पिएसजीले बोर्डोलाई शनिबार ६–२ ले हराएपछि बाप्पले दुई दक्षिण अमेरिकी स्टारहरुको तारिफ गरेका हुन् ।

नेयमारले २ गोल गरेको खेलमा काभानीले १ गोल गरे । स्टारहरुका बीचमा पनि खेल्न सहज हुने संकेत दिदै बाप्पले टोलीका लागि अन्तिम गोल गरेका थिए ।

४–४–२ को फर्मेसनका विषयमा फ्रान्सेली स्टार बाप्पेले भने,‘काभानी र नेयमार जस्ता खेलाडीसँग खेल्न सहज हुन्छ । उनीहरु उत्कृष्ट खेलाडी हुन् । मैले उनीहरुकै लयलाई समात्ने प्रयास गरेको छु । बल उनीहरुलाई पास दिने कोसिश गरेको छु, बाँकी उनीहरुले मेहनत गरेका छन् ।’

दुई साताअघि लियोनसँगको खेलका क्रममा काभानी र नेयमार कसले पेनाल्टी हान्ने भन्ने विषयमा विवाद भएको थियो । तर, गए राती त्यो समस्या देखिएन । नेयमारले पेनाल्टी हाने र काभानीसँग पनि गोलको खुसीयाली साटे । टोलीमा पेनाल्टी हान्ने पहिलो रोजाइको खेलाडी को हो भन्नेमा बाप्पेले खुलेर बताउन चाहेनन् ।

‘मैले पनि तिमिले जस्तै देखेको हु । उनले बल लिएर गएर, पेनाल्टी प्रहार गरे र गोल गरे । कथाको अन्त्य त्यसरी भयो,’ उनले भने,‘ मलाई लाग्छ यो विषयमा तिमिले सोच्ने छौं र विश्लेषण गर्नेछौं । मलाई भन्दा बढी यसको ज्ञान तिमिलाई छ ।’

७ खेलमा ६ खेल जितेको पिएसजी लिग १ को शीर्षस्थानमा रहेको छ । साविक विजेता समेत रहेको मोनाको भन्दा पिएसजीको ३ अंक बढी छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.