default_image

8 years ago

October 2, 2017

प्रिमियर लिगमा आर्सनलको जित, लिभरपुल फेरि रोकियो

118 views

0 Bookmark

लण्डन (एजेन्सी) – प्रिमियर लिगमा आर्सनलले ब्राइटन एण्ड हुभ एल्बियनलाई २-० ले हराउँदै यस सिजन आफ्नो घरेलु मैदानमा शतप्रतिशत नतिजा कायम राखेको छ । आर्सनलको जितमा नाचो मोनरियाल र एलेक्स इवोबिले गोल गरेका थिए ।

खेलको पहिलो केहि समयमै आर्सनलका एलेक्सान्डर लाकाजेटको प्रहार पोस्टमा लागेको थियो । आर्सनलको आक्रमक मानसिकता त्यहिंबाट झल्किन्थ्यो । खेलको १६ औं मिनेटमा आर्सनलले अग्रता लिन पनि सफल भयो । हेक्टर बेल्लेरिनको ब्लक भएको प्रहार फर्किँदा मोनरियालले त्यसको सदुपयोग गर्दै आर्सनललाई खेलमा अग्रता दिलाएका थिए ।

त्यस्तै दोस्रो हाफको ५६ औँ मिनेटमा एलेक्सिस सान्चेजको सुन्दर ब्याक-हिल पासलाई बलियो प्रहार गर्दै इवोबिले घरेलु टोलीको जित सुनिश्चित गरेका थिए । यस जितसँगै आर्सनल तालिकाको पाँचौं स्थानमा उक्लेको छ भने ब्राइटन ७ अंकसहित १४ औं स्थानमा रहेको छ ।

त्यस्तै उपाधि दाबेदार मानिएको अर्को टोली लिभरपुल भने न्यु क्यासल युनाटेडसँग १-१ को बराबरी खेलेको छ । फिलिप कौटिन्होले लिभरपुललाई २९ औँ मिनेटमा आकर्षक गोलद्वारा अग्रता दिलाएका थिए । तर त्यसको ७ मिनेटपछि जोसेलुले खेल बराबरी बनाएका थिए ।

लिभरपुल सातौँ स्थानमा झरेको छ भने न्यु क्यासल नवौँ स्थानमा उक्लेको छ । त्यस्तै गए राति प्रिमियर लिगमा खेलिएको अन्य खेलमा बर्नलीले एभर्टनलाई १-० ले हराएको छ । बर्नलीका लागि निर्णायक गोल जेफ हेन्ड्रिकले गरेका थिए ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.