default_image

8 years ago

October 2, 2017

दर्शकबिना खेलिएको खेलमा बार्सिलोना विजयी

159 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – काटालान क्षेत्रमा जनमत-सङ्ग्रह सम्बन्धि विवाद चलिरहँदा दर्शकबिना नु क्याम्पमा खेलिएको खेलमा बार्सिलोनाले लास पाल्मासलाई ३-० ले हराएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे भने सर्जियो बुस्केट्सले एक गोल गरेका थिए ।

आफ्नै भाषा र संस्कृति रहेको काटालानलाई स्वतन्त्र राज्य बनाउने जनमत सङ्ग्रहलाई सरकारले अवैध घोषणा गरेपछि काटालान क्षेत्रमा विवाद चर्किएको थियो । त्यसैले खेलभन्दा २५ मिनेट अगाडि बार्सिलोनाले ९८ हजार समर्थकलाई रङशाला बाहिरै राखेर खेल दर्शकै बिना सुरु गर्ने निर्णय गरेको थियो ।

पहिलो हाफ गोलरहित टुङ्गिए पनि दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गरेको थियो । खेलको ४९ औँ मिनेटमा बुस्केट्सले मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै ७० र ७७ औँ मिनेटमा लिगका शीर्ष गोलकर्ता लियोनल मेस्सीले गोल गर्दै यस सिजनको अाफ्नो गोल सङ्ख्या ११ पुराएका छन् ।

जितसँगै बार्सिलोनाले आफ्नो शतप्रतिशत यात्रा कायम राख्दै तालिकाको अग्रस्थानमा पकड बनाएको छ । उसको यस सिजनका ७ खेलमा सबैमा जित रहेको छ । लास पाल्मास भने आफ्नो लगातार तेस्रो हार बेहोर्दै १७ औँ स्थानमा झरेको छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.