8 years ago
October 4, 2017
म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले जुन क्लबबाट खेले त्यहाँ निकै प्रभाव छाडेका छन् । त्यसमध्ये प्रिमियर लिगको सर्वाधिक सफल टोली म्यानचेस्टर युनाइटेड पनि पर्दछ । इङ्ल्यान्डमा रहँदा रोनाल्डोले आफ्नो खेल कौशलमा निकै सुधार गरे ।
जब रियल म्याड्रिड पुगे त्यहाँ उनले आफुलाई विश्वकै उत्कृष्ट गोलकर्ताका रुपमा प्रस्तुत गरे । उनले रियलबाट ४ सय १ खेलमा ४ सय १४ गोल गर्नुबाट पनि उनको गोल गर्ने क्षमतालाई पुष्टि गर्छ ।
पहिलो पटक रोनाल्डो रियल जाने चर्चा सन् २००८ मा चलेको थियो । तर, युनाइटेडका तत्कालिन प्रशिक्षक एलेक्स फर्गुसनले उनलाई थप १२ महिनाको लागि क्लबमा राख्न सफल भए । अन्ततः २००९ मा उनी कीर्तिमानी रकमसहित रियलमा आबद्ध भए ।
त्यसबखत किन युनाइटेड छाडेर रियल गएको भन्ने विषयमा रोनाल्डोले भनेका छन्,’ मलाई लाग्यो म त्यहाँ गएर आफ्नो क्षमतालाई थप उजागर गर्न सक्नेछु । म देखाउन सक्ने छु की म फरक खेलाडी हु । मैले त्यो पुरा पनि गरे । रियलमा मेरो पहिलो सिजन उत्कृष्ट रह्यो । त्यसपछिका हरेक सिजनमा मैले अझै सुधार गर्दै लगेको छु ।’
चार पटकका बालेन डो ओर विजेता रोनाल्डो युनाइटेडलाई भने बिर्सन चाहदैनन् । युनाइटेडकै कारण आफु विश्व स्तरीय खेलाडी बन्न सफल भएको उनको मान्यता छ । ‘म रेड डेभिल्सलाई कहिल्यै विसन सक्दिन, पुर्चिगिज स्टारले भने, मैले त्यहाँ जति सक्दो राम्रो गर्न सिके । जसले गर्दा म विश्वको उत्कृष्ट खेलाडी बन्न सफल भए ।’
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]