default_image

8 years ago

October 4, 2017

‘अगुइरो कम्तीमा ६ साता मैदान बाहिर रहने’

105 views

0 Bookmark

बुइनस आइरिस (एजेन्सी)– कार दुर्घटनामा घाइते भएका सर्जियो अगुइरो कम्तीमा ६ साता मैदान बाहिर रहने अर्जेन्टिना फुटबल टोलीका डक्टरले दाबी गरेका छन् ।

messi and aguero

अर्जेन्टिनी सहकर्मी लियोन मेस्सीसँग सर्जियो अगुइरो (दायाँ) ।

गत साता साता आम्सरड्याममा कार दुर्घटनामा परेका म्यानचेस्टर सिटीका स्ट्राइकरको करङ हड्डी भाच्चिएको बताइएको छ । जसका कारण उनले शनिबार सिटीले चेल्सी १–० ले हराएको खेल गुमाएका थिए । उनको चोटका बारेमा सिटीले भने ठिक हुन दुई देखि चार साता लाग्ने उल्लेख गरेपनि अर्जेन्टिना फुटबल टोलीका डक्टर डोनाटो भिलानीले त्यो भन्दा बढी समय लाग्ने बताएका छन् ।

‘भावनात्मक रुपमा उनी निकै दुःखी भएका छन् । किनकी उनी राष्ट्रिय टोलीका लागि खेल्न चाहन्थे । तर दुर्घटनाका कारण उनले दुवै खेल गुमाउनु पर्नेछ,’ उनले भने, ‘कम्तीमा डेढ महिना उनी बाहिर हुनेछन् । उनी घर छोड्न सक्ने अवस्थामा पनि छैनन् । कारमा बस्नमा निस्कन पनि उनलाई कठिन छ । उनी साच्चै निराश छन् किनकी उनी टोलीसँग रहन चाहान्थे ।’

दक्षिण अमेरिकी विश्व कप छनोटका अन्तिम दुई खेलमध्ये अर्जेन्टिनाले शुक्रबार पेरु र अक्टुबर ११ मा इक्वेडरसँग प्रतिस्पर्धा गर्दैछ । छनोट अंकतालिकाको चौथो स्थान सम्म रहने टोली स्वतः विश्व कपका लागि छनोट हुने छ भने पाँचौं टोलीले ओसिएनाको विजेतासँग प्ले अफ खेल्नु पर्नेछ ।  दुई खेल बाँकी रहँदा अर्जेन्टिना पाँचौं स्थानमा छ ।

अगुइरोले यो सिजनका ८ खेलमा ७ गोल गरिसकेका छन् । उनी क्लबको सर्वाधिक गोलकर्ताको बराबरीका लागि १ गोलले टाढा छन् । सन् १९३९ मा इकिर ब्रुकले सिटीका लागि १ सय ७७ गोलको कीर्तिमान बनाएका थिए । अगुइरोका बारेमा डक्टर भिलानीको भनाईलाई लिएर सिटीले कुनै प्रतिक्रिया जनाएको छैन ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.