default_image

8 years ago

October 5, 2017

विश्वकपमा स्थान बनाउन जर्मनीलाई बराबरी पर्याप्त

106 views

0 Bookmark

बेल्फास्ट (एजेन्सी) – विश्व कप फुटबलको साविक विजेता जर्मनी छनोट चरण अन्तर्गत नर्दन आयरल्यान्डको सामना गर्दै छ । समूहको शिर्षस्थानमा रहेको जर्मनीलाई आजको खेलमा बराबरी पर्याप्त छ ।

Muller

छनोट अन्तर्गत समूह ‘सी’ को शिर्षस्थानमा जर्मनीको २४ अंक छ भने दोस्रो स्थानमा रहेको नर्दन आयरल्यान्डको १९ अंक छ । ९ समूहमा विभाजित ५४ राष्ट्र मद्धे हरेक समूहका विजेताले स्वतः रुस विश्वकपमा स्थान पाउनेछन् भने दोस्रो स्थानका उत्कृष्ट ८ टोलीले अर्को ४ स्थानका लागि ‘होम एन्ड अवे’ प्ले अफमा भिड्नेछन् । आजको खेलमा बराबरी गरेमा जर्मनी अन्तिम खेल अघि नै समूह विजेता हुनेछ ।

त्यस्तै घरेलु टोलीको समूहमा दोस्रो स्थान पक्का भएपनि आफ्नो आँकडा सुधार्ने प्रयासमा जर्मनीलाई कडा प्रतिस्पर्धा दिनेछ । अघिल्ला केहि खेल चोटका कारण नखेलेका वेस्ट ब्रोमका डिफेन्डर ग्यारेथ माकएली खेलमा फर्किदा आयरल्यान्डको रक्षापङ्क्ति थप बलियो हुनेछ ।

जर्मन भने आर्सनलका मिदफिल्डर ओजिल र युभेन्टसका सामी खेडिरा विना मैदानमा उत्रने छ । त्यस्तै उत्कृष्ट लयमा रहेका यूवा स्ट्राइकर टिमो वेर्नर पनि चोटका कारण उपलब्ध छैनन् ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.