8 years ago
October 5, 2017
सुक्रे (एजेन्सी) – ब्राजिलले विश्व कप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा बोलिभियाको सामना गर्दैछ । ब्राजिल रुस विश्व कपमा छनोट हुने पहोलो टोली हो भने बोलिभियाको पनि २०१८ को विश्व कपमा स्थान बनाउने सम्भावना सकी सकेको छ ।
ब्राजिलका लागि यस खेलमा रियल म्याड्रिडका मिडफिल्डर कासिमिरोले कप्तानी गर्ने छन् । प्रशिक्षक टिटेको नियुक्ति पछि कासिमिरो ब्राजिलका १२ औं कप्तान हुन् । सन् २०१६ मा ब्राजिलको प्रशिक्षक नियुक्त भएका टिटे त्यसयताका १० खेलमा अपराजित छन् । ब्राजिलको १६ खेलमा ११ जित , ४ बराबरी र १ पराजय छ भने घरेलु टोली बोलोभियाको १६ खेलमा ४ जित र १ बराबरी छ ।
अघिल्लो पटक ब्राजिलको घरेलु मैदानमा भेट्दा ब्राजिलले बोलिभियालाई ५-० ले पराजित गरेको थियो । नेयमार , फिलिपे कौटिन्हो , ग्याब्रियल जिसस , रोबर्टो फर्मिनो र फिलिपे लुइसले गोल गरेका थिए । तर ब्राजिलले १९८५ यता बोलिभियाको घरेलु मैदानमा जित हासिल गरेको छैन ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]