8 years ago
October 5, 2017
क्रुबोङ (एजेन्सी) – युद्धग्रस्त देश सिरियाले पहिलोपटक एसियाली क्षेत्रबाट रसियामा अर्काे वर्ष आयोजना हुने रसिया विश्वकप खेल्ने सम्भावाना जीवितै राखेको छ । एसिया क्षेत्रको खेलमा सिरियाले बिहिबार राति प्ले अफ छनोटको पहिलो लेगमा अष्ट्रेलियालाई १–१ गोलको बराबरीमा रोक्दै पहिलोपटक विश्वकप खेल्ने सम्भावना जीवितै बनाएको हो ।
एसियाली क्षेत्रबाट इरान, जापान, दक्षिण कोरिया र साउदी अरब गरी चार टिमले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् । यि दुई टिम बीच दोस्रो लेग अक्टोबर १० मा अष्ट्रेलियामा हुदैछ । सिरिया र अष्ट्रेलियामध्येबाट प्ले अफमा छनोट हुने टिमले कोनकाफ क्षेत्रको चौथो स्थानमा रहेको टिमसँग छनोटको लागि अन्तिम प्ले अफ खेल्नेछ ।
हाङ जिवट स्टेडियममा ४० औं मिनेटमा खेलमा पछि परेको घरेलु टोली सिरियाले दोस्रो हाफको अन्तिम समयमा बराबरी गोल फर्कायो ।
सिरियाले खेलको ८५ औं मिनेटमा पेनालटीमार्फत बराबरी गोल फर्काएको हो । अष्ट्रेलियाका म्याथ्यु लेक्कीले डि बक्समा सिरियाका ओमार अल सोमाहलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएको थियो । जसमा ओमार अल सोमाहले गल्ती गरेनन् । त्यसअघि एकपक्षीय बनेको खेलमा सिरियाले दवाव झेलेपनि एक गोल मात्रै बेहोरेको थियो । खेलको ४० औं मिनेटमा अष्ट्रेलियाका रुब्बी क्रुसले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
रुब्बीले म्याथ्यु लेक्कीको पासमा सहज गोल गरेका थिए । ४४ औं मिनेटमा म्याथ्यु लेक्कीको प्रहार क्रसबारमा लाग्दा अष्ट्रेलियाले पहिलो हाफमै अग्रता दोब्बर पार्ने सुन्दर मौका खेर फालेको थियो । दोस्रो हाफमा पनि अष्ट्रेलियाले गोलको अवसर बनाएपनि गोल गर्न सकेन ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]