default_image

8 years ago

October 6, 2017

बोलिभियासँग ब्राजिल बराबरीमा रोकियो

135 views

0 Bookmark

ला पाज (एजेन्सी) – सन् २०१८ मा हुने रसिया विश्वकपको लागि स्थान ब्राजिल बोलिभियासँग बराबरीमा रोकिएको । बेलिभियाको घरेलु मैदान स्टेडियो हर्नान्डो साइल्समा भएको खेलमा बोलिभियाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको हो यो बराबरीले दक्षिण अमेरिकी छनोटको समिकरणमा कुनै परिवर्तन भएन

Brazil

ब्राजिललाई बराबरीमा रोक्न बोलिभियाका गोलरक्षक कार्लाेस लाम्पेले उत्कृष्ट प्रदर्शन गरे खेलभर पुरै समय व्यस्त भएका लाम्पेले ब्राजिलका नेयमार, ग्रावियल जेसस क्यासमिरोको सम्भावित गोललाई बचाउदै हार टारेका थिए २५ औं मिनेटमा नेयमारको प्रहार बचाएका लाम्पेले ३३ औं मिनेटमा नेयमारको प्रहार बचाएका थिए यस्तै खेलको ३८ औं मिनेटमा ग्रावियल जेससको शक्तिशाली प्रहारलाई लाम्पेनै विफल पार्दा ब्राजिलले अग्रता लिन चुक्यो ४३ औं मिनेटमा नेयमारको प्रहार पनि लाम्पेले बचाए

पहिलो हाफमा उत्कृष्ट बचाउ गरेका बोलिभियाका गोलरक्षक लाम्पेले दोस्रो हाफमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदा ब्राजिल बोलिभियासँग गोलरहित बराबरी खेल्न बाध्य बन्यो ६० औं मिनेटमा जुवान गाब्रियल भालभार्डेले नेयमारको प्रहारलाई गोल लाईनबाट बचाए ७७ औं मिनेटमा बोलिभियाले पहिलोपटक ब्राजिलको पोष्टमा आक्रमण बुनेको थियो

बोलिभियाका डिएगो बिजारानोको सट क्रसबारमा लागेर फर्र्किएको थियो ८७ औं मिनेटमा जेससको फ्रि हेडर पनि लाम्पेले बचाउदा ब्राजिलका दर्शक निराश बनेको थियो खेलको अन्तिम समयमा नेयमारले फ्रिकिकलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा रोकियो   अघिल्लो पटक ब्राजिलको घरेलु मैदानमा भेट्दा ब्राजिलले बोलिभियालाई ले पराजित गरेको थियो तर, हाइ अल्टिट्युडमा ब्राजिलले गोल गर्न सकेन

बराबरीसँगै ब्राजिलले सन् १९८५ यता बोलिभियाको घरेलु मैदानमा जित निकाल्न सकेन यही मैदानमा बोलिभियाले अर्जेन्टिना चिली जस्तो बलियो देशलाई पराजित गरेको थियो । ब्राजिलको १७ खेलमा ११ जित, बराबरी पराजय भने घरेलु टोली बोलोभियाको १६ खेलमा जित बराबरी

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.