default_image

8 years ago

October 6, 2017

इङ्ल्यान्ड र जर्मनी विश्व कपमा छनोट

156 views

0 Bookmark

लन्डन (एजेन्सी) – विश्व कप अन्तर्गत यूरोपेली छनोट चरणको खेलमा जित्दै इङ्ल्यान्ड र जर्मनीले रुस विश्व कपमा स्थान बनाएका छन् । दुवै राष्ट्रले १ खेल बाँकी हुँदै २०१८ को विश्व कपमा स्थान पक्का गरेका हुन् । इङ्ल्यान्डले स्लोभेनियालाई वेम्ब्ली मैदानमा १-० ले पराजित गर्यो भने जर्मनीले नर्दर्न आयरल्यान्डलाई १-३ ले हराएको हो ।   

Kane

घरेलु मैदानमा स्तरिय प्रदर्शन गर्न नसकेपनि ह्यारी केनको इन्जुरी समयको गोलमा इङ्ल्यान्ड एक खेल अघि छनोट भएको हो । समूहको अर्को खेलमा स्कटल्याण्डले स्लोभाकियालाई १-० ले पराजित गर्दै दोस्रो हुने सम्भावना जीवित राखेको छ । समूह ‘एफ’ मा पहिलो स्थानमा रहेको इङ्ल्यान्डको २३ अंक छ भने स्कटल्याण्डको १७ तथा स्लोभाकियाको १५ र स्लोभेनियाको १४ अंक छ ।

समूह ‘सी’ मा भने जर्मनीले नर्दर्न आयरल्यान्डको घरेलु मैदानमा सहज जित हात पार्यो। खेलको दोस्रो मिनेटमा सिबासटियन रुडीको गोलमा अग्रता लिएको जर्मनीले २१ औं मिनेटमा स्याण्ड्रो वेग्नरको गोलमा अग्रता दोब्बर पारेको थियो । दोस्रो हाफमा ८६ औं मिनेटमा जोसुवा किम्मीचले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरेपनि इन्जुरी समयमा जोश म्यागेनिसले घरेलु टोलीलाई सान्त्वोना गोल दिलाएका थिए ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.