8 years ago
October 6, 2017
ला पाज (एजेन्सी) – विश्व कप छनोट अन्तर्गत बोलिभियाको घरेलु मैदानमा गोल रहित बराबरी खेलेका ब्राजिलियन खेलाडीले खेल सकिएपछि अक्सिजन माक्स लगाउनु परेको थियो ।
बोलिभियाको ला पाज स्थित इस्टाडियो हर्न्याण्डो सिलेजमा खेलिएको खेल पछि ब्राजिलियन खेलाडीहरुले सामान्य श्वास लिन अक्सिजन माक्सको प्रयोग गरेका थिए । समुन्द्र सतहभन्दा करिब १२ हजार फिटको उचाईमा रहेको रंगशालामा खेलेका ब्राजिलियन खेलाडीले अत्यधिक गर्मी खेप्नु परेको थियो ।
ब्राजिलका स्टार खेलाडी नेयमारले खेलपछि उक्त रंगशालामा खेल्न असहज रहेको बताएका थिए । नेयमारले भने, ‘त्यहाँको उचाई , तापक्रम , बल र मैदान सबैसँग ढल्न गाह्रो भएको थियो। ‘
समुन्द्र सतहबाट धेरै माथी रहेको इस्टाडियो हर्न्याण्डो सिलेजमा खेल्न एक समय प्रतिबन्ध लगाइएको थियो ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]