8 years ago
October 6, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनका भेट्रान मिडफिल्डर तथा बार्सिलोनाका कप्तान आन्द्रेस इनिष्टाले क्लबसँग नयाँ सम्झौतामा नवीकरण गरेका छन् । ३३ वर्षीय भेट्रान मिडफिल्डर इनिष्टाले आफ्नो खेल जीवनभरको लागि क्लबसँग शुक्रबार नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
इनिष्टाको क्लबसँगको सम्झौता यस सिजनको समाप्तिसम्म मात्र रहेको थियो । ‘इनिष्टाले क्लबसँग शुक्रबार आजीवन क्लबमा रहने गरी सम्झौतामा नवीकरण गरेका छन्, अब उनले आफ्नो खेलजीवनको अन्त्य बार्सिलोनाबाटै गर्नेछन् ।’ क्लबको विज्ञप्तिमा लेखिएको छ । ‘यो मेरो लागि एकदमै विशेष दिन बनेको छ किनभने म घरमै रहने पक्का भएको छु ।’
नवीकरण पछि ३३ वर्षीय इनिष्टाले भने, ‘हरेक महत्वपूर्ण कार्यहरु मैले यहीबाट पाइरहेको छु ।’ बार्सिलोनाका लागि एक खेलाडीले खेलजीवनभर क्लबमै रहने गरी सम्झौता गरेको यो नै पहिलोपटक रहेको प्रशिक्षक जोसेफ मारिया बार्टाेमेउले थपेका छन् । इनिष्टा २१ वर्ष अघि अर्थात १२ वर्षको उमेरमा क्लबमा अनुबन्ध भएका थिए । बार्सिलोना क्लबको इतिहासमा इनिष्टालाई आइकोनिक खेलाडीको रुपमा लेखिएको छ । इनिष्टाले क्लबमा रहँदा टिम सहयात्री लियोनेल मेस्सीसँगै ३० उपाधि जितिसकेका छन् ।
स्पेन तथा बार्सिलोनाका अर्का मिडफिल्डर जाभीले सन् २०१५ मा बार्सिलोना छाडेपछि इनिष्टाले कप्तानको जिम्मेवारी पाएका थिए । त्यसयता इनिष्टाले बार्सिलोनाको कप्तानी सम्हालिरहेका छन् । जारी सिजनको स्पेनिस ला लिगामा बार्सिलोना शतप्रतिशत जितको नतिजा निकाल्दै ७ खेलबाट २१ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेका छन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]