8 years ago
October 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोली टिसी स्पोर्टसले धिवेही प्रिमियर लिग (डिपिएल) मा गए राती महत्वपूर्ण खेल जितेको छ ।
त्रिपक्षिय उपाधि दौडमा रहेको डिपिएलमा टिसी स्पोर्टस्ले अर्को दाबेदारमध्येको एक माजियालाई २–१ ले हराएको किरणले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् । त्यो जितसँगै टिसी स्पोर्टस् डिपिएल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
हिजै शीर्ष स्थानको न्यू रेडियन्ट एफसीले क्लब ग्रिन स्ट्रिर्टसलाई ३–० ले हराएको छ । लिगमा ५ खेल बाँकी रहँदा न्यू रेडियन्ट र टिसी स्पोर्टसबीच २ अंकको फरक रहेको छ । न्यू रेडियन्टको २४ र टिसी स्पोर्टस्को २२ अंक पुगेको छ । माजियाको १९ र चौथो स्थानको क्लब ग्रिनको १२ अंक छ । डिपिएलमा ८ टोली छन् ।
तिहारको भाई टिकाको जित किरणले आफ्नी दिदी शान्तिलाई समपर्ण गरेको बताएका छन् । लगातार दुई वर्ष दिदीसँग टिका लगाउन नपाउँदा दुःख त लागेको छ, किरणले भने,तर दुवै पटक दिदीलाई जितको खुसी दिन पाउँदा खुसी पनि लागेको छ । गत वर्ष देशका लागि एएफसी सोलिडारिटी कप जितको उपहार दिन पाएको थिए । यसपटक यहाँ महत्वपूर्ण खेल जित्यौं ।
खेल अघि फोनमा दिदीले शुभकामना दिएको उनले सुनाए । आमा बुबाका हामी दुई सन्तान मात्र हौं । टिकाको दिन भएकोले मैले दिदीलाई फोन गरेको थिए , उनले थपे, दिदीले सफलताको शुमकामना दिनु भएको थियो । खेल जित्यौं पनि यो भन्दा ठूलो उपहार दिदीलाई मैले दिन सक्ने अहिलेलाई केही थिएन ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]