default_image

8 years ago

October 22, 2017

ला लिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै

116 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – ला लिगाको अग्रस्थानमा रहेको बार्सिलोनाले गए राति अन्तिममा रहेको मालागा विरुद्ध २-० को जित दर्ता गरेको छ । घरेलु टोलीको जितमा जेरार्ड डेउलेफेउ र आन्द्रेस इनिएस्टाले गोल गरेका थिए ।

बार्सिलोनाले खेलको दोस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो । लुकास डिग्नेको पासको सदुपयोग गर्दै डेउलेफेउले गोलको खाता खोलेका थिए । तर डिग्नेले पास गर्ने क्रममा बल लाइनबाट बाहिर गइसकेको पनि सो प्रहारलाई रेफ्रीले गोल दिएको थियो ।

त्यस्तै दोस्रो हाफमा पनि बार्सिलोना एक गोल गर्न सफल रह्यो । लियोनल मेस्सीको पासमा इनिएस्टाले गरेको प्रहार डिफ्लेक्ट हुँदै पोस्टको दिशा लिएको थियो । इनिएस्टाले २०१६ को सेप्टेम्बर यता गरेका यो पहिलो गोल थियो ।

यस जितले बार्सिलोनालाई अंक तालिकाको पहिलो स्थानमा यथावत् राखेको छ । बार्सा दोस्रो स्थानमा रहेको भ्यालेन्सियाभन्दा ४ अंक अगाडि र एक खेल कम खेलेको आफ्नो प्रतिद्वन्दि रियल म्याड्रिड भन्दा ८ अंकले अगाडि रहेको छ ।  मालागा भने ९ खेलमा १ अंकका साथ तालिकाको अन्तिममै छ ।

गए राति ला लिगामा खेलिएका अन्य खेलहरुको नतिजा –

लेभान्टे १-१ गेटाफे

रियल बेटिस २-० आलाभेस

भ्यालेन्सिया ४-० सेभिल्ला

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.