default_image

8 years ago

October 22, 2017

प्रिमियर लिगमा लिभरपुल र टोटनह्याम भिड्दै

121 views

0 Bookmark

लण्डन (एजेनी) – प्रिमियर लिगका उपाधि दाबेदार मानिएका दुई टोली टोटनह्याम र लिभरपुल आज वेम्ब्लीमा भिड्दै छन् । खेल नेपाली समय अनुसार रातीको ८.४५ बजे सुरु हुने छ ।

तेस्रो स्थानमा रहेको टोटनह्यामले लिगका पछिल्ला ३ खेलमा जित दर्ता गरेको छ भने आठौँमा रहेको लिभरपुलको पछिल्लो दुई खेल बराबरीमा टुङ्गिएको छ । तर लिभरपुल टोटनह्यामसँगको पछिल्लो १० खेलमा अपराजित रहेको छ ।

टोटनह्यामका लागि डिफेन्डर ड्यानी रोज र बेन डेभिस टोलीमा फर्किँदै छन् भने मुसा डेम्बेले र भिक्टर वान्यामा घाइते रहेका कारण खेलमा सहभागी हुने छैनन् । लिभरपुलले आफ्नो स्टार खेलाडि साडियो मानेलाई चोटका कारण गुमाउने छ ।

त्यस्तै आइतबारको अर्को खेलमा एभर्टनले आर्सनललाई आफ्नो घरेलु मैदान गुडिसन पार्कमा निम्त्याउँदै छ । एभर्टनसँगका अघिल्ला २२ खेलमध्ये २० मा अपराजित रहेको आर्सनलका एलेक्सिस सान्चेज र आरोन राम्जी चोट पछि टोलीमा फर्किँदै छन् । सो खेल बेलुकाको ६.१५ बजे सुरु हुने छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.